१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थपिए १ हजार ५ सय ९९ जना कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना रहेका छन् ।

योसहित उपत्यकामा संक्रमितको संख्या २९ हजार ४ सय ७६ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।