१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारोना भाइरसबाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कारोना भाइरस (कोभिड—१९) बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनमा ५५ वर्षिया महिला, बाँकेमा २५ वर्षिया महिला र कञ्चनपुरमा २९ वर्षिया महिला रहेका छन । 

यस्तै काठमाडौंमा ५५ वर्षिय पुरुष, ललितपुरमा ७७ वर्षिय पुरुष र बाँकेमा ६० वर्षिय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।