१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा ६४ हजार बढिले जिते कोरोना, थप १३२९ जना डिस्चार्ज



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ जार ७ सय ३३, प्रदेश नम्बर २ मा १४ हजार २ सय ९१, बागमती प्रदेशमा २० हजार ४ सय ९३ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ५७ जना डिस्चार्ज भएका छन । 

यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ५ सय ५५, कर्णाली प्रदेशमा ३ हजार १ सय ८५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ५५ गरी देशभरी ६४ हजार ६९ जनामा संक्रमित डिस्चार्ज भएका छन ।

मन्त्रालयले कोभिडको संक्रमण बढीरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गर्नुभयो । उहाँले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै जरीवाना गर्नेगरी प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।