८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी

बलात्कारीलाई मृत्युदण्ड – २

बलात्कारीलाई मृत्युदण्ड – २
अ+ अ-

डा.प्रदिप ढकाल 
बलात्कारीलाई मृत्युदण्ड दिनुपर्दछ भन्ने यसअघि राखेको तर्कमा केही बिमति पाएँ । ती विमतिप्रति मेरो सम्मान छ । निश्चयनै, कुनै पनि मानिसको जीवन अमूल्य हुन्छ । त्यो जीवनको रक्षा हुनुपर्दछ भन्ने सोच सकारात्मक हो । तर उहाँहरुको तर्कमा बलात्कारपछि हत्या गरिएकी चेलीको जीवनरक्षा र उनको जीवनको मूल्य खोइ भन्ने प्रश्नमा चाहिँ उहाँहरु मौन पाएँ । 
कतिपयले तर्क राख्नु भएको छ कि – देवदेवीका मन्दिरहरुमा वा अन्य अवसरमा देवताका नाममा र अन्य विभिन्न बहानामा गरिने जीव हत्याको चाहिँ बिरोध गर्ने तर मृत्युदण्डको वकालत गर्ने ? ती प्राणीको जीवनरक्षाको कुरा उठाउनेले मानवको स्वरुपमा उभिएको हत्यारा–बलात्कारीको जीवनरक्षाको कुरा किन नगरेको भन्ने तर्क पनि आए । 
चेलीको बलात्कारपछि हत्या गरिएको छ । एक व्यक्तिले सम्पूर्ण सत्ता आफ्नो हातमा लिएर आफ्नो वासनाको तृप्ति गरिसकेपछि बालिकालाई दण्ड दिएको छ । अर्थात् मृत्युदण्ड दिएको छ । 
अर्को तर्क आएको छ कि – उक्त बलात्कारीको / हत्याराको मानवअधिकार चाहिँ रक्षा हुनुपर्दछ । विश्वका कैयौँ सन्धिहरुमा हामीले पनि हस्ताक्षर गरेका छौँ त्यसैले त्यो हत्यारा र बलात्कारीको रक्षा गर्नु सम्पूर्ण मानवको कर्तव्य हो । होइन भने हामी विश्व समुदायबाट अलग्याइन्छौँ । हामीले मानवअधिकारको उल्लंघन गरेको ठहरिन्छ । 
मैले बलात्कारी र हत्यारालाई मृत्युदण्ड दिनुपर्दछ भन्दा पनि मैले त नैतिक र चारित्रिक शिक्षा दिएर पुरुषहरुलाई चेतनशील बनाऔँस नारीको जीवनको सम्मान गर्न सक्ने गरी तालिम दिऊँ भन्नेमा बढी जोड दिएको छु । यति सबै गरिसकेपछि समाज सभ्य र सुसंस्कृत बन्दछ र यस्ता बलात्कार र हत्याका घटनाहरु घट्दैनन् भन्ने अपेक्षा गरेको छु । मानव भनेको विवेकशील, चेतनशील, बुद्धिमान हुन्छ । आफ्ना वरिपरिका अन्य मानव र जीवजन्तुको हित सोच्न सक्दछ । केवल स्वरुप मान्छेको हुँदैमा मात्र मानव कसरी मान्न सकिन्छ, गुण मान्छेको नभएपछि ?भनेको छु । 
सानी बालिकालाई यौनाङ्गको प्रयोजन पिशाव गर्नु हो भन्ने मात्र थाहा छ । पुरुषको यौनाङ्गले च्यातेर रक्ताम्य भई असह्य बेदनाले छट्पटिएर बेहोस भइसकेपछि पनि त्रिशुलले रोपेर मारिदिने पुरुषको जीवनरक्षाका पक्षमा यो पंक्तिकार कहिल्यै पनि हुन सक्दैन । कमसेकम १६ बर्षभन्दा कम उमेरका बालिका बलात्कारीको यौनांगलाई ढुंगैढुंगाले थिचेर नष्ट गरी मृत्युदण्ड दिनुपर्दछ । 
पढाउँदा पढाउँदै पनि, सिकाउँदा सिकाउँदै मानवको मर्यादा कुल्चिएर बलात्कार गर्दछ भने त्यो मानव नै कसरी भइरहन सक्दछ । त्यो व्यभिचारी पुरुषको ठडिने अंगको आवेग सहनका लागि हरपल त्रसित हुँदै हिँडिरहनुपर्ने चेलीहरु रु घरबाट बाहिर गएकी चेली घाम नअस्ताउँदै घर आइपुगिनन् भने पीर र सुर्ताले घरका मानिसहरुका ओठमुख सुक्दछ । किन ? कस्ले गर्दा ? यत्रतत्र सर्बत्र आँ ऽऽऽ गरेर मुख बाइरहेका दुष्टहरु दोबाटो र गल्ली ढुकेर बसेका छन् कि भनेर नै त हो । 
पुरुषप्रधान समाजको उपज हो हजुर । नारीका ठाउँमा बसेर हेरौँ त । त्यो यौनाङ्ग उनीहरुका लागि सजायँ बनेको छ । त्यो योनी अंग लिएर जन्मनु नै अपराध हो जस्तो गरी स्थापित भएको छ । ती नारीको पीडा र त्यो आँखाभित्र भएका डर र त्रासहरु हामीले देखेका छौँ रु त्यो पीडालाई महसुस गरेका छौँ र? सानी बालिका हुँदादेखि बृद्धावस्थासम्म सम्भावित बलात्कारको पात्र जस्तो बनेर बाँचिरहेकी छिन् उनी । साना बालिकादेखि लिएर सत्तरी वर्षकी हजुरआमा समेत बलात्कृत हुन्छिन् । नारी स्वरुप भनेको त पुरुषको वासनाशमनको माध्यममात्र हो, जतिबेला जहाँ झम्टिए पनि हुन्छ भन्ने गरी समाज अगाडि बढिरहेको छ । यो कुरा मानवताको कसीमा हेर्दा लज्जास्पद छ । हामी स्वयम्ले स्वयम्लाई सभ्यताका हिमायती हौँ भन्न लाज मान्नुपर्ने अवस्था छ । 
त्यो अपराधीलाई के सजायँ दिने भन्ने कुरा तिनै बलात्कृत बालिकालाई सोधौँ न । उनलाई भएको अन्यायको बारेमा मानवअधिकारको खोल ओढेको समाजलाई भन्दा बढी त तिनै बालिकालाई नै थाहा होला नि । अथवा उनलाई जन्म दिएकी उनकी आमालाई सोधौँ – उनले स्वइच्छाले जे सजायँ भन्छिन् त्यही गरौँ । हामीहरु ती बलात्कृत चेलीको आँखामा आँखा जुधाएर हेर्न सक्ने समाजको सिर्जना गरौँ न । अनि स्वतः यस्ता मृत्युदण्डको कुरा हटिहाल्छ नि । 
एकजनाले तर्क राखे – बालिका बलात्कारीलाई मृत्युदण्ड त ठीक हो । तर मृत्युदण्डको व्यवस्था भयो भने सोझासाझालाई फँसाएर धनी र ठूलाबडा उम्किन्छन् । निर्दोष फाँसी चढ्दछ तर वास्तविक अपराधी जोगिन्छ । यो तर्कको उत्तर त मसँग छैन । तर राज्यका हरेक प्रणालीप्रति शंका गर्नुपर्ने कस्तो खालको संयन्त्र हामीले बिकास गरेका छौँ भन्ने प्रश्नले चाहिँ खिन्न बनायो । हामी कहाँ छौँ रु कस्तो समाजको निर्माण गरिरहेका छौँ ? सोचौँ त ।