८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

भोजपुरमा रङ्गशाला निर्माण जारी

भोजपुरमा रङ्गशाला निर्माण जारी
file
अ+ अ-

भोजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । वर्षात् तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा गत मङ्सिर महिनाबाट रङ्गशालाको निर्माण शुरु भएको हो । विसं २०८० सम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौताअघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ । मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, “लकडाउनमा चार महिना हामीले काम गर्न पाएनौं, त्यसपछि हामीले तीव्रगतिमा सञ्चालन गरिरहेका छौँ । सरकारले समयमा बजेट पठाउन सक्यो भने चालू आर्थिक वर्षको असार महिनासम्म निर्माण पूरा गर्छौँ ।”

हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्ट्रक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्यारापिट, बनाउने, रिटेनिङवाल लगाउनेलगायतका काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तेइस रोपनी क्षेत्रमा निर्माण भइरहेको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्यारापिट निर्माण हुने कार्यालयले जनाएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले समेत अनुगमन गर्दै आएको छ । यो विषम परिस्थितिमा पनि कामको प्रगति राम्रो पाइएको कार्यालयले जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका प्रमुख मिलन आचर्यले भने, “निर्माणस्थलमा भइरहेको काम हेर्दा तीव्रगतिमा गुणस्तरीय ढङ्गबाट भइरहेको छ । निर्माण कम्पनीले समयमा बजेटको व्यवस्था भएमा तोकिएको अवधिभन्दा अगाडि नै काम सक्छु भनेका छन्, तर कोभिडका कारण बजेट पठाउन केही समस्या देखिएको छ, यद्यपि सरकारले यस्ता काम बजेटको कारण अलपत्र बनाउँदैन ।” अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको उनले बताए । कोभिडका कारण  निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन नसकेको समेत जानकारी दिए। “उहाँले काम निरन्तर गरिरहनुभएको छ, कोभिडका कारण हामीले हालसम्म कुनै पनि भुक्तानी दिएका छैनौं, तर पनि उहाँले काम निरन्तर गरिरहनुभएको छ, यो खुशीको कुरा हो, हामी पनि समय अगाडि नै सक्नका लागि उहाँलाई बजेट दिनेमा सकारात्मक छौँ”, प्रमुख आचार्यले भने ।
 
कामलाई गुणस्तरिय बनाउनका लागि इञ्जीनियरहरुले नियमितरूपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जीनियर रजनिशकुमार झाले बताए । उनले भने, “हामीले कार्यालयको तर्फबाट नियमित अनुगमन गरिरहेका छौँ, निर्माणकार्य गुणस्तरीय तवरबाट तोकिएको मापदण्डअनुसार नै भएको छ, कामको गुणस्तरमा कुनै प्रश्न गर्ने ठाउँ छैन ।”