९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा

मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघ नेपाल आन्दोलनको तयारीमा

मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघ नेपाल आन्दोलनको तयारीमा
अ अ+ अ-

काठमाडौ ।  मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र विज्ञापन संघ नेपालले विज्ञापन (नियमन गर्ने) ऐन २०७६ कार्यान्वयनमा सरकारले उदासिनता देखाएको  भन्दै असन्तुष्टि जनाएको छ । तीनवटा संस्थाले संयुक्त वक्तव्य जारी गर्दे विज्ञापन (नियमन गर्ने) ऐन २०७६ कार्यान्वयनमा सरकारले देखाएको उदासिनता,तयारीमा गरेको ढिलाई सम्बन्धमा गम्भीर समीक्षा गरेको जनाएको छ । बैठकले उक्त ऐन राष्ट्र, राष्ट्रियता र सँस्कृतिको जगेर्नाका साथै नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा हुने भन्दै तत्काल प्रभावकारी कार्यान्वयन गर्ने निर्णय समेत गरेको जनाएको छ । तीन ओटै सस्थाले ऐनको कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक भएको निष्कर्ष निकाल्दै तत्काल व्यवसायीक व्यक्तिको संलग्नतामा विज्ञापन बोर्डको गठन गर्न माग  गरेको छ ।

तीन ओटै संस्थाको बैठकले  नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले उठाएका मागको तत्काल सम्बोधन गर्न समेत माग  गरेको छ । यसै गरी  बैठकले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण समेत गराएको छ ।  तीन संस्थाले ध्यानकर्षण गराएका बुँदाहरु यस प्रकार रहेको छ ।

क. विज्ञापन (नियमन गर्ने) ऐन २०७६ तत्काल कार्यान्वयन गर्न र विज्ञापन बोर्ड गठन गर्न सरकारसँग आग्रह गर्ने ।

ख. डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरु २०७७ साल कार्तिक ७ गतेभित्र विज्ञापनरहित हुनुपर्ने प्रावधान कुनैपनि हालतमा कार्यान्वयनमा ल्याउन जोडदार माग गर्दछौं । साथै, उक्त प्रावधान कार्यान्वयन हुनु पूर्व नेपाल केवल टेलिभिजन व्यवसायी महासंघलेअघि सारेका विदेशी डिटिएचले नेपालमा गरिरहेको अवैध प्रसारण रोक्न प्रभावकारी कदम चाल्नु पर्ने, इन्टरनेट माध्यमबाट डाउनलिंक अनुमति नलिएका टेलिभिजन च्यानल समेत प्रसारण भइरहेकाले त्यसलाई रोक्न माग गर्दछौं ।
ग. इन्टरनेटको माध्यमबाट हुने विज्ञापनको नियमन समेत विज्ञापन बोर्डमार्फत्नै हुने गरी हाल संसदमा विचाराधीन रहेको सूचना प्रविधि सम्बन्धी व्यवस्था गर्न बनेको विधयेकमा थप गर्न आग्रह गर्दछौं ।

घ. इन्टरनेटका माध्यमबाट टेलिभिजन सिग्नल वितरण गरिरहेका संस्थाहरुले, केबल अपरेटरहरुले  जस्तै अनुमति लिनु पर्ने र केबल र इन्टरनेटको शुल्क स्पष्ट गर्नु पर्नेमा सो नगरेको पाइएकाले शुल्कलाई स्पष्ट गर्न गराउन माग गर्दछौं ।

ङ. प्रसारणका क्षेत्रमा कार्यक्रम उत्पादन, प्रसारण र वितरण जस्ता तीन चरण हुने र ती तीन चरणका काममा भिन्न भिन्न व्यक्ति र संस्थाको संलग्नता रहने र यी विषय अत्यन्त प्राविधिक, दीर्घकालीन र समय समयमा हुने प्रविधि परिवर्तनले जटिल विषयसमेत भएकाले प्रसारणका क्षेत्रमा संलग्न, कार्यक्रम उत्पादन कम्पनी, म्युजिक रेकर्डिंग कम्पनी, प्रसारणमा संलग्न रेडियो, टेलिभिजन र इन्टरनेट माध्यम तथा वितरणमा संलग्न केवल अपरेटर, इन्टरनेट सर्भिस प्रोभाइडर, इन्टरनेट टेलिभिजन तथा रेडियो सञ्चालक तथा वितरकलाई समेत समेट्ने गरी छुट्टै प्रसारण प्राधिकरण गठन गरि सो मार्फत् नियमनको व्यवस्था गर्न माग गर्दछौं । 

च. विज्ञापन ऐनको कार्यान्वयन र नेपाल केबल टेलिभिजन महासंघले अघि सारेका माग पूरा गराउन हामी तीनै पक्ष संयुक्त रुपमा अघि बढ्ने सहमति गर्दै कुनैपनि बहानामा विदेशी टेलिभिजन विज्ञापनरहित बनाउने कार्यमा अवरोध भए संयुक्त संघर्ष गर्ने चेतावनीसमेत दिन चाहन्छौं ।

छ. डाउनलिंक अनुमति लिएका टेलिभिजनहरुलाई विज्ञापनरहित प्रसारण गर्न आवश्यक पर्ने उपकरण आयातमा रहेको प्रतिकूलता तत्काल हटाई अनुकूल वातावरण बनाउनसमेत माग गर्दछौं ।सयुक्त बिज्ञप्तिमा मिडिया एलाईन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष  ध्रुव शर्मा विज्ञापन एजेन्सी संघ आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी) ले हस्ताक्षर गर्नुभएको छ ।