२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालकलाई कोरोना देखिएपछि सहमहामन्त्री डा.महत आइसोलेसनमा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतका सवारी चालकलाई कोरोना देखिएपछि उहाँ आइसोलेसनमा बस्नुभएको छ । 

उहाँका चालकलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि डा.महत पनि हिजोदेखि आफ्नै घरमा आइसोलेसनमा रहनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । 

उहाँ आइसोलेसनमा बस्नुभएको र भेटघाटको काम पनि कम गर्नुभएको डा.महतको सचिवालयले जानकारी दिएको छ ।  

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकअघि काँग्रेसका केन्द्रीय तहका नेताहरुको स्वाब परीक्षण गरिएको थियो । त्यस क्रममा डा.महतको रिपोर्ट भने नेगेटिभ आएको थियो ।