८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अब ट्राफिक प्रहरी महाशाखाको काम अनलाइनबाट

अब ट्राफिक प्रहरी महाशाखाको काम अनलाइनबाट
अ+ अ-

काठमाडौँ । केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन  अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो ।  यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो । अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् । विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको सङ्क्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ । कार्यालयमा भिडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यबस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउछन्।

महाशाखामा यही असोजमा हराएका कागजात र सवारी साधनबारे अनलाइनमार्फत निवेदन दिन सकिने गरी नयाँ सफ्वेयरको विकास गरिएको हो । यसका लागि  महाशाखाको वेवसाइट https://traffic.nepalpolice.gov.np/index.php/lost-document-application मा गएर अनलाईन एप्लिकेशनमा क्लिक गर्नुपर्ने छ । त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुई वटा अप्सन देख्नुहुने छ । आफ्नो समस्याको आधारमा एउटा अप्सन छनोट गरी त्यसमा क्लिक गरेर निवदेन दिन सकिनेछ । नेपाली वा अङ्ग्रेजी दुबै भाषामा निवेदन दिन सकिने व्यवस्था छ । अनलाइनमा मागिएको विवरण भरेर पठाएपछि उक्त विवरण सोझै ट्राफिक प्रहरीको नियन्त्रण कक्षमा पुग्ने छ । त्यही विवरणको आधारमा प्रहरीले दर्ता गरी तत्काल खोजी कार्य शुरु गर्ने महाशाखाअन्तरगत कम्युटर शाखाका प्रहरी निरीक्षक सुरेशकुमार थापाले जानकारी दिए । 

उनका अनुसार अनलाईन प्रणालीको अनुगमन र रेखदेखमा कम्युटर एडमिन शाखाले काम गर्ने छ । त्यही शाखामार्फत गुनासोकर्तालाई सूचना सम्प्रेशण हुन्छ । फेला परेपछि अनलाइनबाटै सूचना पुग्ने गरी सफ्टवेयरको विकास गरिएको छ त्यही सूचनाको आधारमा  सवारी वा कागजातधनीले आफ्नो सामग्री लैजान सक्ने छन् । यही असोज ५ गते हराएका सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिसको निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्थाको थालनी गरिएको र असोज १८ बाट भने हराएका सवारीको पनि अनलाइनबाटै निवेदन दिन सकिने गरी सफ्टवेयरको प्रयोग शुरु भएको छ । महाशाखाका अनुसार झण्डै १५ दिनको अबधिमा अनलाइनबाट एक हजार ५१२ वटा निवेदन प्राप्त भइसकेको छ । महाशाखाले प्रविधिलाई जोड दिँदै ट्राफिक व्यवस्थापन सम्बन्धिका अन्य विभिन्न गतिविधि अघि बढाएको थियो । महाशाखा कै समन्वयमा विगत ९ वर्षदेखि बिग्रिएर बसेको काठमाडौँ उपत्यकाको २४ स्थानका सञ्चालित प्रविधिमैत्री ट्राफिक बत्तीले सवारी आवागमनमा सहज पारेको छ । अन्य ११ स्थानका लागि काम भइरहेको महाशाखाले जनाएको छ ।  

यस्तै सर्भिलेन्स भेईकल्स, राडर गन, बे्रथलाइजरको समेत अधिकतम उपयोग गरी ट्राफिक नियम उल्लङ्घन विरुद्धसमेत कारवाही जारी छ । भेइकलमार्फत ५५६ र राडर गनमार्फत एक हजार ७६४ सवारी साधनलाई कारवाही गरिएको छ । ब्रेथलाइजरको प्रयोग गरी २५ हजार बढी सवारी कारवाही गरेको माशाखाले जनाएको छ । कतिपय अबस्थामा ट्राफिक प्रहरी देख्दा नियम मान्ने, नदेख्दा उलङ्घन गर्ने प्रवृत्ति थियो । त्यसको नियन्त्रणका उपाए थिएन । महाशाखामा जनशक्तिसमेत थोरै भएकाले समस्या परेपछि विगतदेखि नै सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारवाही थालिएको महाशाखा प्रमुख ढकालले बताए । ‘ट्राफिक कम्युनिकेसन एप्स’को प्रयोग गरी सवारी साधन व्यवस्थापनलाई चुस्त बनाउने प्रयासमा महाशाखा रहेको छ । उक्त एप्समार्फत सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राका लागि आवश्यक निगरानी गर्ने गरिएको छ । लामो दुरीका यात्रुवाहक यातायत चलाउने चालक परिवर्तन भए÷नभएको, दुई चालक भए नभएको बारे आवश्यक जाँच गरी ४५६ सवारी साधनलाई कारवाहीको दायरामा ल्याईएको महाशाखाले जनाएको छ । 

महाशाखाले ‘स्मार्ट कार्ड रिडर मेसिन’ को प्रयोग गरी सवारी चालक अनुमतिपत्रको पनि जाँच गरिरहेको छ । महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन र ट्राफिक नियम उल्लङ्घन गरेबापतको कसूरमा कारवाहीको लागि खिचिएका कागजपत्रको अभिलेख व्यवस्थापनमा ‘ट्राफिक भाइलेन्स रेकर्ड सिष्टम’ गत फागुनबाटै प्रयोगमा ल्याइएको छ । काठमाडौँ उपत्यकामा हुने सवारी दुर्घटनाको अभिलेखीकारण गर्न महाशाखालगायत मातहतका ३३ कार्यालयमा सवारी दुर्घटनासम्बन्धी सूचना व्यवस्थापन प्रणालीको प्रयोगलाई तिब्र पारिएको छ । महाशाखाले विद्युतीय भुक्तानी प्रणालीका साथै विभिन्न सचेतनामुलक श्रव्यदृष्य सामग्रीहरु बनाउने प्रक्रिया अघि बढाएको छ । महाशाखाले निकट भविश्यमा ईन्टेलिजेन्स ट्राफिक नियन्त्रण कक्ष, भेइकल स्क्यानर, स्वचालित गति मापक यन्त्र, डिडिटल ड्राइभिङ परीक्षण केन्द्र, भेइकल ट्राकिङ प्रणाली, प्रविधिमैत्री तथ्याङ्क व्यवस्थापन केन्द्र, विद्युतीय टोकन प्रणाली, विद्युतीय उद्धार सामग्री र  प्रविधियुक्त मिटर रिडिङ् प्रणालीको प्रयोग गर्ने योजना अघि बढाएको छ ।