८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी

समृद्धिको सपना पुरा हुन्छ, विपन्न नागरिकको जिम्मा सरकारले लिन्छ : राज्यमन्त्री मानन्धर

समृद्धिको सपना पुरा हुन्छ, विपन्न नागरिकको जिम्मा सरकारले लिन्छ : राज्यमन्त्री मानन्धर
अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नागरिकको मुहारमा खुसी र जीवनयापन सहज बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । सोमबार विश्व बसोवास दिवसको शुभकामना दिंदै मन्त्री मान्धरले जनताको जीवनस्तर सुधारका लागि सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभएको हो । 

आवासबिहीन नागरिकलाई छानोमुनी ल्याउने कार्य भइरहेको बताउँदै मन्त्री मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताउनुभयो । चालु आर्थिक वर्षमा ७५३ वटै पालिकामा कम्तिमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रवन्ध हुने बताउँदै मन्त्री मानन्धरले तीन वर्षभित्र सबै फुसका छाना विस्थापन हुने दाबी गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जनताको समृद्धिको सपना पुरा हुने बताउँदै मन्त्री मानन्धरले बेसाहरा नागरिकको संरक्षण गर्ने दायीत्व राज्यले पुरा गर्ने बताउनुभयो । बिपन्न नागरिकलाई सुरक्षित आवास दिलाउन सरकार लागिपरेको बताउँदै मन्त्री मानन्धरले आवासको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा रहेको बताउनुभयो । 

करिब ६० प्रतिशत जनता शहरी क्षेत्रमा बसोबास गरिरहेको बताउँदै मन्त्री मानन्धरले सबैका लागि आवास समृद्ध शहरी विकासको नारालाई यथार्थमा परिणत गरिने बताउनुभएको छ । मन्त्री मानन्धरले सहरी क्षेत्रलाई थप व्यवस्थीत बनाउनका लागि राज्यले आवश्यक प्रवन्ध मिलाएको दाबी समेत गर्नुभयो । 

कोरोना संक्रमणका कारण विकासमा केही बाधा देखिएको बताउँदै मन्त्री मानन्धरले अब कोरोनाबाट जोगिंदै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाइने बताउनुभयो । महामारीको जोखिमबीच पनि सरकारले जनताको पक्षमा दिर्घकालिन विकासका काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले सरकारका जनपक्षिय कामको पनि विपक्षीहरुले विरोध गरिरहेकोमा आश्चर्य व्यक्त गर्नुभयो । मन्त्री मानन्धरले सरकारले जनताको चाहना अनुसार नै काम गरिरहेको बताउँदै विपक्षीहरुलाई पनि राम्रा काममा साथ दिन र देश विकासमा हातेमालो गर्न आह्वान गर्नुभएको छ ।