८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी

वडा २२ को कार्यालय भवन निर्माणका लागि शिलान्यास

वडा २२ को कार्यालय भवन निर्माणका लागि शिलान्यास
अ+ अ-

काठमाडौं । आज वडा २२ को कार्यालय भवनको शिलान्यास भएको छ । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, संघीय संसद सदस्य कृष्ण गोपाल श्रेष्ठ, वडाध्यक्षध्यक्ष चिनीकाजी महर्जनले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो । 

भवन निर्माणको लागत इष्टिमेट ४ करोड १९ लाख ७३ हजार २३३ रुपैयाँ १८ पैसा थियो । खरिद प्रक्रियामा आएका प्रतिस्पर्धीमध्ये के एण्ड के. जी. रमिता कन्स्ट्रक्सन प्रा. लि. ले ३ करोड २० लाख १४ हजार २१४ रुपैयाँ ८७ पैसामा निर्माण कबोल गरेपछि भवन निर्माणको जिम्मा उसैलाई दिइएको छ । भवन २०७८ असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो-  आफ्नै कार्यालय भवनबाट सेवा दिने महानगरको नीति कार्यान्वयन भइरहेको छ । 

वडा २२ को भवन ६ जना व्यक्ति अट्ने लिफ्टसहितको भवन ६ तलाको हुनेछ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार जग्गा ३ आना जग्गामा निर्माण हुने भवन ६ हजार ३१६ स्क्वायर फिट क्षेत्रफलको हुनेछ । पाँचौं तलासम्म भवनका हरेक तलामा ४ वटा कोठा हुनेछन् भने माथिल्लो तलामा बैठक कक्ष हुनेछ । 

नयाँ वडा भवन बनाउने कार्यक्रमअन्तर्गत वडा ९ र २६ का नयाँ भवन सञ्चालनमा आइसकेका छन् । वडा ३, ४ र १४ को भवन निर्माण सम्पन्नको चरणमा छन् । वडा ६ को भवन निर्माणका क्रममा डिपिसि चरणमा पुगेको छ । भवन निर्माणकर्ता छनौटका लागि वडा २, १२, २१, २९ र ३२ खरिद प्रक्रियामा छन् भने वडा २० र १६ को डिजाइन सकिएर खरिद प्रक्रियामा जाने चरणमा पुगेको छ । वडा २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट बिनियोजन गरिएको छ ।