२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव

सामुदायिक विद्यालयका शिक्षक अब परामर्शकर्ताका रुपमा परिचालित गरिने

सामुदायिक विद्यालयका शिक्षक अब परामर्शकर्ताका रुपमा परिचालित गरिने
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीलाई कोरोना जोखिमबाट बचाउन सामुदायिक विद्यालयका शिक्षक परिचालन गर्ने भएको छ । महानगरले सबै वडामा कन्ट्रयाक्ट ट्रेसिङ गर्न र होम आइसोलेसनमा बसेकालाई परामर्श दिन शिक्षक परिचालन गर्न लागेको हो । कामपा स्रोतका अनुसार छनोटमा परेका शिक्षकलाई शहरी जनस्वास्थ्य विभागले ओरेन्टेसनमा सहभागी गराएर परिचालन गर्ने तयारी भइरहेको छ । राजधानीमा संक्रमितको संख्या दैनिक हजारभन्दा बढी हुन थालेपछि कामपाले नयाँ योजनासहित शिक्षक परिचालन गर्न लागेको हो । छनोटमा परेका शिक्षकले होम आइसोलेसनमा बसेकालाई परामर्श दिने, आयुर्वेदिक र अन्य औषधी सेवनको तरिकाबारे जानकारी गराउनेलगायतका क्रियाकलापबारे जानकारी दिनेछन् । कामपा शिक्षा विभागका निमित्त प्रमुख तारापति खरेलले पहिलो चरणमा प्रत्येक वडामा २ जना शिक्षक परिचालन गर्ने तयारी भइरहेको जानकारी दिए।

उनले भने– ‘हामीले वडागतरूपमा विद्यालयको नाम उपलब्ध गराएका छौं, वडा कार्यालयले सल्लाह गरेर शिक्षक छनोट गरी कार्यक्षेत्रमा पठाउनेछ ।’ वडा कार्यालयले आफ्नो वडामा पर्ने विद्यालयका शिक्षक छनोट गरी आफ्नै वडामा परिचालन गर्ने उनको भनाइ थियो । सरकारले वैकल्पिक पढाइ शुरू गरिरहेको अवस्थामा शिक्षकलाई परामर्शमा खटाउँदा पढाइमा असर पर्दैन त भन्ने प्रश्नमा निमित्त प्रमुख खरेलको भन्नुभयोे– ‘समय व्यवस्थापन गरी परिचालन गर्दा कुनै समस्या पर्दैन । त्यस विषयमा जनस्वास्थ्य विभागले समय व्यवस्थापन गरिरहेको छ ।’ शिक्षकसँगै प्रत्येक वडामा २ जना स्वास्थ्यकर्मीसमेत परिचालन गर्ने तयारी गरेको छ । महानगरको कार्यपालिका बैठकले निर्णय गरेसँगै शिक्षक र स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।

कामपाले हाल सयको संख्यामा रहेका स्वाथ्यकर्मीको संख्या वृद्धि गरी करिब १ सय ५० बनाउन तयारी गरेको छ । कामपा कोभिड सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले हाल भएको स्वाथ्यकर्मीको संख्या वृद्धि गरी प्रत्येक वडामा दुई–दुई जना स्वाथ्यकर्मी परिचालन गर्ने जानकारी दिए । वडाले आवश्यकताका आधारमा छनोट गरेका स्वाथ्यकर्मीलाई थप तालिम दिई परिचालन गर्ने तयारी भइरहेको ओलीको भनाइ थियो । यसअघि कामपाले करिब ५० को हाराहारीमा स्वाथ्यकर्मी भर्ती गरेको थियो । महानगरको जनसंख्याको आधारमा थप जनशक्ति परिचालन गर्नुपर्ने भएकोले नयाँ भर्ना गर्न लागेको हो । महानगरमा ८ जना स्वाब परीक्षणमा खटिने स्वाथ्यकर्मी छन् । तीबाहेक होम आइसोलेसन र क्वारेन्टिनमा बसेकालाई परामर्श दिन थप स्वाथ्यकर्मी परिचालन गर्न लागेको हो ।

समाजसँग नजिक भएको कारण घरघरमा कोरोना संक्रमणको बारेमा बुझाउन र कोरोनाबाट जोगिन अपनाउनुपर्ने उपायका बारेमा सजिलै बुझाउन सक्ने भएकाले शिक्षक परिचालन गर्न लागिएको कामपाको भनाइ छ ।

कामपामा ५० भन्दा बढी संक्रमित
काठमाडौं महानगरपालिकामा ५० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । तीमध्ये सोमबारसम्म २१ जना नगर प्रहरी छन् । कामपाका प्रहरी प्रमुख धनपति सापकोटाले १ सय ८४ मध्ये करिब १४ प्रतिशतलाई कोरोना संक्रमण देखिएको जानकारी दिए। फ्रन्टलाइनमा खटिने कामपाका प्रहरीलाई कोरोना संक्रमण देखिन थालेपछि कामपाले सबै प्रहरीलाई सचेत भएर भौतिक दूरी कायम गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिएको उनको भनाइ छ ।

महानगरका उच्च तहका कर्मचारीसहित ५० भन्दा बढीलाई कोरोना संक्रमण देखिएको शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए। सोमबार मात्रै २० महानगर प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये २० जनालाई कीर्तिपुरस्थित क्वारेन्टिन र १ जनालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । नेपाल समाचारपत्र दैनिक