६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना



अ+ अ-

काठमाडौं । उद्यमी महिलाले तयार गरेको विभिन्न सीप तथा व्यवसायमूलक उत्पादनका सामग्रीहरूको बिक्रि तथा प्रर्दशनका लागि आयोजना गरिएको विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ ।

बुढानीलकण्ठ नगरपालिका स्थित इटालीटारमा रहेको सुम्दिमा सिल्क प्लालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उपप्रमुख अनिता लामा, चर्चित अभिनेत्री मनीषा कोइरालाले सयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो ।

बुढानिलकण्ठ इटलीटारमा रहको सुम्दिमा सिल्क प्लालेस र वेलकम इभेन्ट म्यानेजमेन्टले आयोजना गरिएको कार्यक्रममा हस्तकलाका सामग्री, बिभिन्न कपडाहरु ,घरेलु उत्पादित विभिन्न खाद्य पदार्थ अन्तराष्ट्रिय ब्राण्डका तयारी पोशाकहरु प्रर्दशनीका साथै बिक्रि  गरिएको थियो ।

उपप्रमुख लामा र अभिनेत्री कोईरालाले  महिलाहरूको सीप र उद्यमशीलता प्रवर्द्धनका लागि व्यवस्थित र सुन्दर संयोजन सहितको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दे उद्यमशीलता प्रवर्द्धनमा सँगसँगै हुने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा मनिषा भट्टराई वासकोटा र अनु पाठकले संयोजन गर्नुभएको थियो