९ भाद्र २०८३, मंगलवार
,
Latest
नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्यभन्दा बढी राजस्व उठाउने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । भन्सार विभागले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव, विगतमा गरिएको घोषणा र तिनको कार्यान्वयन अवस्थाबारे भन्सार व्यवस्थापन गोष्ठी गरेको छ । समीक्षा र प्राप्त निर्देशनलाई आत्मसात् गर्दै भन्सार प्रशासनले गर्दै आएका सुधारात्मक कामलाई संस्थागत गर्न विभागले असोज १६ र १७ मा भर्चुअल गोष्ठी गरेको हो । गोष्ठीमा ०७७/७८ मा भन्सार विभागलाई तोकिएको ४ सय ४० अर्ब २६ करोड ८४ लाखभन्दा बढी राजस्व संकलन गरिने प्रतिबद्धता गरिएको छ । दुई दिन चलेको गोष्ठीमा विभिन्न प्रतिबद्धतासमेत जारी गरिएको छ । विभागको वार्षिक कार्ययोजना कार्यान्वयन गरी तोकिएका नतिजा हासिल गर्ने विभागले जनाएको छ ।

गत वर्षको व्यवस्थापन गोष्ठीबाट निर्णय भएअनुसार आर्थिक वर्ष ०७६/७७ लाई मालवस्तुको किटानी घोषणा वर्षका रूपमा बनाइएको विभागले बताएको छ । त्यसबाट उपलब्धि हासिल भएको तथ्यलाई स्मरण गर्दै चालु आर्थिक वर्षमा पनि किटानी घोषणालाई प्राथमिकता दिइने भएको छ । प्रणालीमा निष्क्रिय रहेका प्रज्ञापनपत्रलाई फरफारक गर्न १५ दिनभित्र निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । भन्सार जाँचपाचमा सहजीकरण र नियन्त्रणलाई सन्तुलन गर्न जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाइने विभागले जनाएको छ । यसका लागि जोखिम सूचक माघ मसान्तसम्म तर्जुमा गरी आशिकुडा प्रणालीमा समेत अद्यावधिक गरिनेछ । भन्सारले राजस्व संकलन विद्युतीय भुक्तानी प्रणालीबाट गर्ने तयारी गर्दै छ । प्राविधिक समस्या निराकरण गरी उक्त प्रणालीको सुरुवात गरिनेछ । त्यस्तै विभिन्न सूचकका आधारमा भन्सार कार्यालयहरूको कार्यसम्पादनको मापन गर्न प्रणाली तयार गरी कार्यान्वयनमा ल्याइने बताइएको छ ।

वैदेशिक व्यापार र राजस्व संकलनका हिसाबले महत्त्वपूर्ण योगदान रहेका ठूला आठ भन्सार कार्यमा विभागबाट गत वर्षदेखि सुरु गरिएको सघन अनुगमन विधि प्रयोग गरी त्यसका आधारमा कार्य सञ्चालन तहमा आवश्यक सुधार गरिनेछ । वस्तु वर्गीकरण सम्बन्धमा भन्सार कार्यालय तथा पैठारीकर्तालाई हुने द्विविधा निराकरण गरी यसलाई पूर्वानुमानयोग्य बनाउन गत वर्षबाट सुरु पूर्वादेश जारी गर्ने कार्यलाई थप प्रभावकारी बनाइने विभागले बताएको छ । भन्सार मूल्यांकनलाई स्वचालित बनाउन केही भन्सार कार्यालयमा सुरु गरिएको मूल्यांकन स्वचालन मोड्युललाई सबै भन्सार कार्यालयमा विस्तार गरी प्रयोगको अबस्थाबारे सघन अनुगमन गरिनेछ । कान्तिपुर दैनिक




भर्खरै