७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई कोरोना संक्रमितको विराटनगरको नोबेल अस्पतालमा मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जना पुरुषको मंगलबार बिहान मृत्यु भएको छ। मृत्यु हुने ५० र ४५ वर्षीय पुरुष मोरङका हुन्। मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए। उनका अनुसार ज्वरो आएको भन्दै पुरुषलाई उपचारका लागि चिन्ताजनक अवस्थामा सोमबार दिउँसो अस्पताल ल्याइएको थियो। 

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजीटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताए। उनका अनुसार भेन्टिलेटरमा उपचाररत पुरुषमा पाँच वर्षदेखि ब्लड क्यान्सरको पुरानो समस्या थियो। त्यस्तै रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान २स्३० बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए। उनलाई उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएको थियो। स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालको भनाइ छ। 

मधुमेहको पुरानै समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको उनले बताए। आइसीयूमा राखेर उपचार थालिएको भए पनि पुरुषलाई बचाउन नसकिएको जानकारी उनले दिए। दाहालका अनुसार अहिले नोबेलको आइसोलेसनमा ३४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। अन्नपुर्णपोष्ट दैनिक