काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद गगन थापाले प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत भएको बताएका छन् । थापाले सामाजिक संञ्जाल मार्फत आफना बिचार राख्दै संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका हुदा हुदै नेपाली काँग्रेस सासदहरुबाट भएका गतिबिधि संसदभित्र पूर्णत अवाञ्छनीय भएको जनाएका छन् ।
उनले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्ने माग गरेका छन् । प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के९कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो भन्दै थापाले प्रश्न गरेका छन् ।
प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ भन्दै थापाले नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो भनेका छन् । आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझन पनि आग्रह गरेका छन् ।










