१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएन भारत पस्नेक्रम



अ+ अ-

महेन्द्रनगर । दशैं र तिहारमा मुग्लानबाट फर्किइ  परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ ।बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् । कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै २३७ जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् ।“विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं  मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो ।” जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो“ मजदुरीका लागि भारत जानेहरु चाडपर्वको मुखमा पनि जाने क्रम रोकिएन् ।” सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाहरुबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए ।गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना कहरकै बीच पुनः भारत रोजगारीका लागि जाने क्रम गत महिनादेखि शुरु भएको हो ।

त्यसैगरी लालाबालासहित भारतको पञ्जाव गइरहेका भीमदत्तनगरपालिका–९ का कल्लु टमाटाले चाडपर्वका बेला घर आउने समयमा आफूहरु बाध्यताले विदेशिरहेको बताए ।“ छोरा छोरीको पालनपोषण भन्दा ठूलो चाडपर्व होइनन् ।” उनले भने“ ज्यान रहे त पर्व र खुशीहरु कहाँ जालान् ।”सुदूरपश्चिम प्रदेश सरकारले कोरोना प्रभावित युवाहरुलाई स्वरोजगार लक्ष्यसहित कृषि तथा पशुतर्फ रोजगारी दिन आवदेन लिएको छ । तर भारत जाने क्रम भने रोकिएको छैन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्लले बन्दाबन्दीमा सात महिनादेखि बेरोजगार युवाहरु बाध्यताले चाडपर्वका बेला भारत गइरहेको बताए । उनले विपन्न समुदायमा छाक टार्न समेत धौ धौ हुनेस्थित देखिन थालेको बताए ।

बजार, व्यवसाय कोरोनाका कारण धराशायी रहेको जनाउँदे उनले यस्तो महाकष्टका बेला बजारमा भीडभाड पनि गर्न आग्रह समेत गरे । “स्वास्थ्यसितको कुरो भएकाले पनि यस बर्ष दशैंमा चहलपहल गर्नु हुदैन ।” अध्यक्ष मल्लले भने “आर्थिक चपेटाका बीच पनि स्वास्थ्यप्रति संबेदनशील हुने बेला हो ।”सोमबार गड्डाचौकी नाकाबाट २४५ जना र गौरीफन्टा नाकाबाट ३४४ जना स्वदेश फर्किएको थिए । गड्डाचौकीनाकाबाट भारत मजदुरीका लागि जाँदै गरेका लालझाँडी गाउँपालिकाका पुरन रानाले आफू भारतको सिमाला गइरहेको बताए । “यो स्याउ टिप्ने मौसम हो ।” उनले भने–“हामीले स्याउ टिपेर कमाएको पैसाले घर खर्च चल्छ ।” लकडाउनका बेला घर फर्किएका रानाले घरखर्च चलाउन समस्या हुन थालेपछि भारत जान लागेको सुनाए  ।