८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मूर्तिसहित तीन पक्राउ

मूर्तिसहित तीन पक्राउ
प्रतीकात्मक तस्बिर
अ+ अ-

कर्णाली । प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक  चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीन जनालाई सोमबार पक्राउ गरेको छ । विसं. २०७३ मंसीर ११ गते राती जुम्ला चन्दननाथ नगरपालिका ५  खलंगास्थित चन्दननाथ मन्दिरबाट  मूर्ति चोरी  भएका थिए । पक्राउ पर्नेमा चन्दननाथ १० बोहोरा गाउँका ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदिप रावल र तातोपानी गाउँपालिका ८ का २८ वर्षीय जयलाल थापा रहेका  प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए ।

उनले अभियुक्त विष्टको बोहोरागाउँमा रहेको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेरी राखेको अवस्थामा चोरी भएका मूर्तिहरु प्राप्त भएको बताए । प्रवक्ता वास्तोलाले चोरी भएका मूर्तिहरु चाँदीको जस्तो देखिने धातुको रहेको र पक्राउ परेकाहरुको सम्बन्धित जिप्रकाबाट अनुसन्धान भइरहेको उनको भनाई थियो । जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले विसं. २०४१ कार्तिक ८ गते मिति उल्लेख गरिएको ४५० ग्राम मूर्ति फेला परेको बताए। मूर्ति चार हात भएको दायाँको माथिल्लो हातमा तरवार, तल्लो हातले आशीष दिएको जस्तो, बायाँ माथिल्लो हातमा एक तीरको तोखो भाग भाँच्चिएको त्रिशुल भएको तल्लो हातमा पाला(दियो) भएको, पाँच ईन्च उचाई पाँच ईन्च गोलाई भएको भगवतीको चाँदी जस्तो देखिने धातुको रहेको उनले जानकारी दिए ।  

उनले संस्कृत भाषामा लेखिएको एकिन नबुझिएको सावत गिरि संवत् १९३४ बैशाख भन्ने मात्र बुझिने चार हात भएको बताए । मूर्तिको दायाँ माथिल्लो हातमा चक्र जस्तो लिएको तल्लो हातमा कमलको फुल बाँया माथिल्लो हातमा गुर्जा, तल्लो हातमा गदा लिएको, कम्मरसम्म मालाजडित टाको र दुवै कानमा पँहेलो जलप लगाएको, वरपर फुलबुट्टे घेरामा छत्र मुकुटको जडित घेरा भएको, उचाई सात ईन्च, गोलाई ९.५ ईन्च भएको चाँदी जस्तो देखिने धातुको भगवानको ८९० ग्राम तौल अर्को मूर्ति फेला पारिएको उनले जानकारी दिए ।