१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

गाउँ पुगेपछि…

गाउँ पुगेपछि…
अ अ+ अ-

काठमाडौँ, ६ पुसः लठ्ठीको साहारामा उभिएको बुढो शरीर । पावरवाला चस्माले परैबाट कसैलाई ठम्याउन खोज्दै थियो । आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँघर आउनुभएको खबर सुनेर लमजुङ राइनास नगरपालिका–७ का ७९ वर्षीय वृद्ध धनश्याम गिरी हर्षित देखिनुहुन्छ । आफूले भोट दिएर जिताएको जनप्रतिनिधि मन्त्रीका हैसियतले एक्कासी आफ्नै घरआँगनमा आउँदा खुशी देखिनलाई स्वभाविकै मान्नुपर्ला ।

प्रायः जन्मथलो सम्झेर गाउँमा पुग्ने नेताहरूमध्येमा पर्नुहुन्छ, नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । जिल्लावासी तथा स्थानीय गाउँलेले उहाँप्रति देखाएको आशा र भरोसालाई अझ जगाउनु पर्दछ भन्ने मूल्यमान्यतालाई आत्मसात् गर्दै जिल्लाबासी जनतासँग एकापसमा साक्षात्कार गरी रमाउन मनपराउने मन्त्री गुरुङ यही पुस ३ र ४ गते गृह जिल्ला लमजुङको राइनास नगरपालिका हुँदै क्व्हलासोथार गाउँपालिका र पर्यटकीयस्थल घले गाउँसम्म पुग्नुभयो । क्व्हलासोथार गाउँपालिकाको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको भवन उद्घाटन गर्नुभएका मन्त्री गुरुङले स्थानीयवासीसँग प्रत्यक्ष भेटेर उहाँहरुको दुःखसुख बुझ्नुभयो । मन्त्री भेट्नैका लागि काम छोडेर बाटामा हात जोड्दै उभिएका स्थानीयप्रति कृतज्ञ भई मन्त्री गुरुङ हालखबर सोध्दै भन्नुहन्थ्यो,“ज्यानलाई आरामै छ नि बुबा–मुवा, दाजू–दिदी, साथी १”

मन्त्री गुरुङ आफू सदैव जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । फोनको भरमा र सुनेको भरमा जनताका वास्तविक समस्या बुझिदैन । त्यसैले त घर–दैलोमै पुगी स्थानीयका सुखदुःखमा साथ दिन उहाँ चाहनुहुन्छ । राइनास नगरपालिका–८ तार्कुघाटस्थित श्री वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा पुग्नुभएका मन्त्री गुरुङले विद्यालयको अवस्था प्रत्यक्ष नियाल्नुभयो । विद्यार्थीका लागि आवश्यक पर्ने कम्प्युटर प्रयोगशाला, स्कुल बस र खेल मैदानलगायत भौतिक पूर्वाधारको अभाव भएको महशुस गर्दै उहाँले थप्नुभयोे,“शौचालय निकै फोहर रहेछ, यसलाई व्यवस्थित गर्नुहोस् ।”

सूचनाप्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यका साथ उहाँले जिल्लाका दश विद्यालयमा कम्प्युटर प्रयोगशालाका समेत व्यवस्था गरिदिनुभएको रहेछ । मन्त्री गुरुङ अहिले मन्त्रालयको जिम्मेवारीअन्तर्गत देशभर इन्टरनेट फोन सेवा विस्तार गर्न लाग्नुभएको छ । उहाँका अनुसार डिजिटल फेर्मवक बनाउने उद्देश्य सार्थक पार्न देशका कुना–कन्दरामा इन्टरनेट तथा टेलिफोन सेवा पुर्याउनै पर्छ । डिजिटल फेर्मवकको व्यवस्थासँगै इन्टरनेटमा आधारित शिक्षा, रोजगार तथा व्यापारको प्रबद्र्धन, विकास तथा विस्तारमा सहयोग पुग्ने भएकाले त्यसतर्फ सरकारले विशेष ध्यान दिएको उहाँले स्पष्ट गर्नुभयो ।

गाउँमा मन्त्री पुग्दा जनताका असिमित आशा र माग त हुन्छन् नै राम्रो काम गरेको भनेर प्रशंसा गर्ने जनता पनि प्रसस्तै भेटिए । राइनास नगरपालिका–४ का पद्मराज पन्थीले मन्त्री गुरुङलाई हार्दिकता साथ धन्यवाद दिँदै भन्नुभयो, “यो चिल्लो सडक तपाईँकै कारणले सम्भव भएको हो मन्त्रीज्यू १”, ७२ वर्षीय स्थानीय पन्थीले भन्नुभयो,“सडक पक्की बनेपछि हामी गाउँलेको दैनिकी फेरिएको छ । रोजगार र व्यापार फस्टाएको छ । मान्छेहरुको चहलपहल बढ्दो छ ।” वृद्ध पन्थीले आजभन्दा तीन दशकअघि सदरमूकामबाट हिँडेर गाउँ आउँदा खुट्टामा फोका उठ्ने गरेको विगत सम्झिनुभयो । दुई वर्षअघि धुलाम्मे हुुने राइनास गाउँपालिकाको सडक अहिले मन्त्री गुरुङकै पहलमा कालोपत्र भएको छ । सडक पक्की भएपछि गाउँको जग्गाको मूल्य आकासिएकोमा स्थानीय खुसी छन् । “कुनै बेला एक हजार दुई सय पर्ने घडेरीको मूल्य अहिले ३० लाख रुपैयाँ भन्दामाथि पुगिसक्यो”, उहाँले भन्नुभयो,“यी सबै सडक विस्तारको चमत्कार हो, जुन मन्त्रीज्यूको कारण सम्भव भएको हो, हामी खुशी छौँ ।”

पुस ४ गते मन्त्री गुरुङ क्व्हलासोथार गाउँपालिका र मालिङ प्राथमिक अस्पताल भवन उद्घाटन गर्न जाँदाको दृश्य झनै रोचक देखिन्थ्यो । पञ्चेबाजासहित परम्परागत गुरुङ वेषवुषामा सजिएका आमा समूहले आफ्ना अभिभावक एवं नेतालाई फूलमालाले स्वागत गर्नुभयो । दहीमा मुछिएको सेतो टीका लगाउँदै मन्त्री गुरुङको हातमा सयपत्री फूल थमाउँदै ७७ वर्षीय एक वृद्धले भन्नुभयो,“राम्रो गरेका छौ, अझै राम्रो गर्नु है छोरा ।”

गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उहाँले ल्याएका थुप्रै विकासनिर्माणका योजना प्रशंसनीय रहेको स्थानीय सम्झन्छन् । वर्षौँदेखि एउटै कोठामा खुम्चिएको प्राथमिक अस्पतालको सुविधा सम्पन्न भवन मन्त्री गुरुङकै पहलमा निर्माण भएको छ । सेवाग्राहीलाई बस्ने ठाउँसमेत नभएको पालिकाको प्रशासकीय भवन निर्माण भएपछि गाउँमै सिंहदरदबार आएको स्थानीयले महसुस गरेका छन् । क्व्हलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पालिकाको भवन निर्माण भई उद्घाटन भएपछि अब दैनिक कार्य प्रणाली थप जनमुखी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसबाट जनतालाई परिवर्तनको महशुस हुनेगरी काम गर्न हौसला मिलेको बताउनुभयो ।

“हामीले भवन मात्र होइन, स्थानीय सिंहदरबार पाएका छौँ”, उहाँले भन्नुभयो, “जनताको सेवालाई प्रविधिमैत्री बनाउँदै छिटो र सहज सेवा प्रदान गर्नेतर्फ उन्मुख हुनेछाँै ।” मन्त्री गुरुङले हालै चीनसँग गरेका विभिन्न सम्झौताबारे बुझिनेगरी सो अवसरमा स्थानीयवासीलाई अवगत गराउनुभएको थियो । गाउँमा व्यापार र रोजगारीका प्रशस्त सम्भावना रहेको बताउँदै उहाँले चीनलाई मकैको घाँस बेचेर आयआर्जन गर्न सकिने बताउनुभयो । “हामीले चीनसँग सम्झौता गरेका छौँ, अब मकैको घाँस चीनमा बिक्री हुन्छ । घाँस लगाउनुहोस्”, मन्त्रीले यसो भनेको सुनिरहेकी स्थानीय रुपाकुमारी गुरुङ आश्चर्यचकित हुनुभयो । गाउँमा घाँस बेचेर जीविकोपार्जन गर्न सकिने सम्भावना सुन्दा उहाँको मन कतै आशावादी देखिन्थ्यो । उहाँले रमाइलो भावमा भन्नुभयो,“अहा कस्तो नयाँ कुरा ! चीनमा घाँस बेच्ने ! मन्त्रीले भने जस्तै हो भने त अब यहीँ घाँस बेची पैसा कमाउँला, विदेश किन जाउँला, आयस्रोत भइदिए गावैं रमाइलो ।” रासस