१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं ५ को नाम लुम्बिनी, राजधानी दाङ



अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राखिएको छ भने राजधानी दाङ जिल्लाको भालुवाङ राखिने भएको छ । 

उक्त प्रदेशको प्रदेश सभाको आज बसेको बैठकले यो प्रस्तावलाई पारित गरेको हो । प्राप्त समाचारअनुसार आजको प्रदेश सभाको बैठकमा यी दुवै प्रस्तावमा मतदान भएको थियो । 

आजको मतदानमा यस प्रस्तावमध्ये प्रदेशको नाम लुम्बिनी राख्ने विषयमा सर्वसम्मति भएको थियो । तर राजधानीका विषयमा भने विवाद उत्पन्न भएको थियो ।

राजधानीको विषयमा काँग्रेसले विरोध गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राजधानी बुटवल नै हुनुपर्ने बताएको थियो । काँग्रेसले औपचारिक रुपमा निर्णय गरेर राजधानीलाई दाङ राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो ।

बुटबलबाट राजधानी सार्ने विषयमा बुटवलकै नेकपाका कतिपय सांसदहरुले पनि विरोध गरेका थिए । तर मतदानमा भने उनीहरुले पार्टी निर्णयको उल्लंघन गरेनन् ।  

राजधानी राख्ने पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको थियो भने लुम्बिनी नाम राख्ने पक्षमा  ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको थियो ।