१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित दुई पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

विशेष सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ज८प ५९३६ नंको मोटरसाइकलमा रहेका दुवै जनालाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाइछिपाइ ल्याएको डाइलक्स डिसी ८९ बोतल, स्प्रामोप्रोक्सीभन प्लस ७६८ क्याप्सुल र निट्राभेट ४२० ट्याब्लेट बरामद गरिएको नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

लागुऔषधसहित पक्राउ परेका उपेन्द्र र हरिशङ्करउपर थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।