१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्छ- नेता थापा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने माग गरेका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद थापाले नयाँ गुरूयोजना खारेज गरेर पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरूयोजना बनाउनुपर्ने बताएका हुन् ।

‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै । यो गुरूयोजना नै हैन । यसलाई खारेज गरौं । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौं,’ थापाले ट्वीट गरेका छन् । थापाले पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे टिप्पणी गर्दै ‘तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो,’ लेखेका छन् ।

पछिल्लो समय गुरू योजनालाई लिएर पशुपति क्षेत्र विकास कार्यालय घेराउलगायतका आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा आन्दोलनमा छन् ।