१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यती एयरलाइन्सको सिमरा उडान शुरु



फाइल फोटो
अ+ अ-

काठमाडौं । यती एयरलाइन्सले आज (बुधबार) देखि काठमाडौं­–सिमरा–काठमाडौं उडान शुरु गरेको छ । 

एयरलाइन्सले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौं देखि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । एयरलाइन्सले उच्च सतर्कता अपनाएर आजबाट काठमाडौं–सिमारा–काठमाडौं उडान सुचारु गरिएको बताएको छ । आज नाइन एन–एएलएज  कल साइन भएको जेटस्ट्रीम–४१ विमान मार्फत विहान ९ बजेर १० मिनेटमा पहिलो उडान भरेको छ । दोस्रो उडान साँझ ४ बजेर ४५ मिनेटमा हुने पनि एयरलाइन्सले बताएको छ । एयरलाइन्सले कोभिड संक्रमणको रोकथामका सबै मापदण्ड अपनाएर यात्रा गर्ने वातावरण मिलाएको बताएको छ । एयरलाइन्समा यात्रा गर्ने यात्रुले पनि धेरै समय पछि यति एयरलाइन्समार्फत यात्रा गर्न पाउँदा सुरक्षित महसुस भएको बताएका छन् । कोभिड १९ संक्रमणको जोखिमलाई उच्चतम ध्यान दिई यात्रुलाई सुरक्षित भई यात्रा गर्ने वातावरण एयरलाइन्सले बनाएको यात्रुहरुको भनाई छ ।
 
ययरलाइन्सले पनि अवदेखि दैनिक दुई वटा उडान काठमाडौं–सिमरा–काठमाडौंका लागि हुने बताएको छ । यात्रुहरुको माग भएमा उडान संख्या थप्न सकिने पनि एयरलाईन्सको भनाई छ । यस्तै एयरलाइन्सले आज पहिलो दिन काठमाडौं–सिमरा–काठमाडौं उडान गर्ने यात्रु मध्ये गोलाप्रथा मार्फत १ जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने बताएको छ । यतिले हालको लागि काठमाडौं–सिमरा–काठमाडौं उडानमा एकतर्फि १ हजार ९ सय ९९ रुपैयाँ भाडादर तोकेको छ । २०५५ साल देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज मार्फत सेवा दिदै आएको छ । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।