१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डला नाटक घरमा आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने



अ+ अ-

काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ ।

आजबाट सुरु हुने नाटक पुस २८ गते (आइतबार) सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन् ।

यो नाटक अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चन हुन लागेको हो । उनी करिब १० वर्षपछि नाटकमा फर्किएका हुन् ।

द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ ।

अभिनेता बराल नाटक ‘मितज्यू’ पछि मञ्चमा देखिन लागेका हुन् ।

चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ ।

नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ ।

नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने ‘हरि हजुरबा’ टिमले जनाएको छ । यो नाटकको निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन् ।