काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राखी बिगत २४ दिन देखी अनसनरत डा गोविन्द केसीको मागका बारेमा छलफल गर्न सरकार र डा केसी दुबै तर्फ बाट वार्ता टोली गठन भएको छ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेको समिति गठन गरेको छ ।
यसै गरी डा केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा डा.अञ्जनीकुमार झा ,नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेको वार्ता टोली गठन भएको छ । अनशनरत डा. केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम सकिनै लाग्दा दुबै तर्फबाट वार्ता टोली गठन भएको हो । दुबै तर्फ बाट गठित वार्ता टोलीको बुधबार बाटै गृहकार्य सुरु गरेका छन् ।











