५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई युएईले दियो २०३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा नेपाल र युएईबीचको खेल जारी छ । 

दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । 

५० ओभर खेल्दै युएईले ९ विकेट गुमाएर २०२ रन जोड्यो । युएईका लागि मुहम्मद वासिमले ५१ बल खेल्दै ३३ रन जोडे । यस्तै, चिराग सुरीले ५४ बल खेल्दै २६ रन जोडे भने रोहन मुस्ताफाले ७३ बलमा ६० रनको अर्धशतकीय इनिङ्स खेले । 

यस्तै, बसिल हमीदले ३३ बलमा १७ रन जोडे भने आलिशान शराफुले १३ बलमा २१ रन जोडे । 

नेपालका लागि कप्तान सन्दिप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र करन केसीले समान २/२ विकेट लिए। त्यस्तै दिपेन्द्र सिंह एरी र आरिफ शेखको नाममा समान १/१ विकेट रह्यो ।