काठमाडौ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रबक्ता नारायणकाजी श्रेष्ठले अनशनरत डा गोबिन्द केसीको जीवन रक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ ।
प्रबक्ता श्रेष्ठले सामजिक संञ्जालमा लेख्नुभएको छ –डा गोविन्द केसी १९ औं अनशनको २५ औं दिनमा हुनुहुन्छ। डा. केसीसँग कैयौँ बिषयमा असहमति हुन सक्ला र छन् पनि । सबै मिलेर कोरोनाको बिरुध्द जुझ्नु पर्ने बेलामा यसपटक अनशनको समयका बारेमा सोच्नु पर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ। तर के कुरामा शंका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ।
उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपुर्ण उपलब्धि हाँसिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो। उहाँको जीवन महत्वपुर्ण छ र यतिबेला सरकार,उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा ध्यान दिनु पर्दछ।
यस सन्दर्भमा सरकारले हिजो डा. केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ। आशा गरौं,छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ । समाधान हुनेछ ।











