२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिलजीत दोसांझले अब भारतमा कन्सर्ट नगर्ने



अ+ अ-

एजेन्सी । गायक तथा अभिनेता दिलजीत दोसांझ यतिबेला आफ्नो सांगीतिक यात्रा दिल लुमिनाटीका कारण चर्चामा छन् ।

हालै उनले चण्डीगढमा प्रस्तुति दिएका थिए । शोको क्रममा एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले अब भारतमा कन्सर्ट नगर्ने बताएका छन् ।

दिलजीतले भारत सरकारले भारतमा कन्सर्टको पूर्वाधार नबनाउँदासम्म भारतमा कन्सर्ट नगर्ने बताएका छन् । कन्सर्टका क्रममा उनले देशको कमजोर पूर्वाधारप्रति निराशा व्यक्त गरे ।

दिलजीत दोसांझको शोमा मानिसहरुको ठूलो भीड जम्मा हुन्छ, जसका कारण धेरै पटक मानिसहरु दुर्घटनाको शिकार बन्छन् । दिलजीतले भने–‘हामीलाई त्रास दिनुको सट्टा हामीले स्थान र व्यवस्थापन तय गर्नुपर्छ ।’

‘म सम्बन्धित अधिकारीहरूलाई बताउन चाहन्छु कि भारतमा लाइभ शोको लागि पूर्वाधार छैन । यो ठूलो कमाइको स्रोत हो, धेरै मानिसहरूले काम पाउँछन् र यहाँ काम गर्न सक्षम छन् ।’ दिलजीतले आफ्नो सेट लाइभ शो अनुसार डिजाइन नभएको बताउँछन् ।

दिलजीत आफ्नो सेट केन्द्रमा हुन चाहन्छन् र उनका फ्यानहरू उनको वरिपरि हुन चाहन्छन् । यो नभएसम्म उनले भारतमा कन्सर्ट गर्ने छैनन् ।