२२ मंसिर २०८२, सोमबार
,
Latest
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेन्टेटरले बुमराहलाई बाँदर भनेपछि…



अ+ अ-

एजेन्सी । इङ्ल्यान्डकी पूर्व क्रिकेटर तथा फक्स स्पोर्ट्स कमेन्टेटर ईसा गुहाले भारतीय बलर जसप्रित बुमराहलाई जातिय टिप्पणीका लागि माफी मागेकी छन् ।

ईसाले १५ डिसेम्बर आइतवार बोर्डर–गावस्कर ट्रफीको गाब्बा टेस्टको दोस्रो दिन कमेन्टरीका क्रममा बुमराहका लागि प्राइमेट शब्द प्रयोग गरेकी थिइन् ।

प्राइमेटको अर्थ बाँदर पनि हो । यसपछि यो कुराले गति लिन थालेपछि ईसाले बुमराहसँग माफी मागेकी थिइन् ।

ईसा अहिलेको उत्कृष्ट महिला कमेन्टेटरमध्ये एक हुन् । उनी विश्वभरका लिग, सिरिज र आईसीसी टूर्नामेन्टमा कमेन्टिङ गर्ने गर्छिन् ।

म माफी चाहन्छु यदि मेरो शब्दले तपाईलाई चोट पुर्यायो – ईसा

उनले भनिन्, ‘आइतबार कमेन्ट्रीका क्रममा मैले एउटा शब्द प्रयोग गरेँ जसको अर्थ धेरै छ । सर्वप्रथम म माफी चाहन्छु । यदि मैले केहि गलत भनेको छु वा कसैलाई चोट पुर्याएको छु भने, म माफी चाहन्छु ।’

उनले थप भनिन्, ‘म सबैलाई सम्मान गर्छु, यदि तपाईंले कमेन्टीको सम्पूर्ण ट्रान्सक्रिप्ट सुन्नुभयो भने, तपाईंले थाहा पाउनुहुनेछ कि म भारतका महान खेलाडीहरूको प्रशंसा गरिरहेको थिएँ । म समानतामा विश्वास गर्छु । मैले बुमराहको सफलता र उपलब्धिको बारेमा मात्र कुरा गरिरहेको थिएँ । सायद मैले यसको लागि गलत शब्द प्रयोग गरेको छु, जसको लागि म माफी चाहन्छु ।’

ईसाले १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन्
ईसा इंग्ल्याण्डकी पूर्व फास्ट बलर हुन् । उनले १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन् । ईसाले इंग्ल्याण्डका लागि ८ टेस्टमा २९ विकेट लिएकी थिइन् । योसँगै उनले ८३ एकदिवसीय खेलमा १०१ विकेट लिएकी छन् । ईसाले टी–२० मा १८ विकेट लिएकी छन् ।