१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

कमेन्टेटरले बुमराहलाई बाँदर भनेपछि…

कमेन्टेटरले बुमराहलाई बाँदर भनेपछि…
अ अ+ अ-

एजेन्सी । इङ्ल्यान्डकी पूर्व क्रिकेटर तथा फक्स स्पोर्ट्स कमेन्टेटर ईसा गुहाले भारतीय बलर जसप्रित बुमराहलाई जातिय टिप्पणीका लागि माफी मागेकी छन् ।

ईसाले १५ डिसेम्बर आइतवार बोर्डर–गावस्कर ट्रफीको गाब्बा टेस्टको दोस्रो दिन कमेन्टरीका क्रममा बुमराहका लागि प्राइमेट शब्द प्रयोग गरेकी थिइन् ।

प्राइमेटको अर्थ बाँदर पनि हो । यसपछि यो कुराले गति लिन थालेपछि ईसाले बुमराहसँग माफी मागेकी थिइन् ।

ईसा अहिलेको उत्कृष्ट महिला कमेन्टेटरमध्ये एक हुन् । उनी विश्वभरका लिग, सिरिज र आईसीसी टूर्नामेन्टमा कमेन्टिङ गर्ने गर्छिन् ।

म माफी चाहन्छु यदि मेरो शब्दले तपाईलाई चोट पुर्यायो – ईसा

उनले भनिन्, ‘आइतबार कमेन्ट्रीका क्रममा मैले एउटा शब्द प्रयोग गरेँ जसको अर्थ धेरै छ । सर्वप्रथम म माफी चाहन्छु । यदि मैले केहि गलत भनेको छु वा कसैलाई चोट पुर्याएको छु भने, म माफी चाहन्छु ।’

उनले थप भनिन्, ‘म सबैलाई सम्मान गर्छु, यदि तपाईंले कमेन्टीको सम्पूर्ण ट्रान्सक्रिप्ट सुन्नुभयो भने, तपाईंले थाहा पाउनुहुनेछ कि म भारतका महान खेलाडीहरूको प्रशंसा गरिरहेको थिएँ । म समानतामा विश्वास गर्छु । मैले बुमराहको सफलता र उपलब्धिको बारेमा मात्र कुरा गरिरहेको थिएँ । सायद मैले यसको लागि गलत शब्द प्रयोग गरेको छु, जसको लागि म माफी चाहन्छु ।’

ईसाले १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन्
ईसा इंग्ल्याण्डकी पूर्व फास्ट बलर हुन् । उनले १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन् । ईसाले इंग्ल्याण्डका लागि ८ टेस्टमा २९ विकेट लिएकी थिइन् । योसँगै उनले ८३ एकदिवसीय खेलमा १०१ विकेट लिएकी छन् । ईसाले टी–२० मा १८ विकेट लिएकी छन् ।