८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

दाताको सहयोगपछि आँखाको शल्यक्रिया शुरु

दाताको सहयोगपछि आँखाको शल्यक्रिया शुरु
अ+ अ-

झापा । झापाको भद्रपुर–५ स्थित भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया शुरु गरिएको छ ।
    
साताको एक पटक प्रत्येक आइतबार मोतियाविन्दुको शल्यक्रिया गरिने उपचार केन्द्रका सचिव प्रदीपमणि रेग्मीले जानकारी दिनुभयो । मेची आँखा अस्पताल सङ्घ विर्तामोड शाखाको रुपमा सञ्चालित सो केन्द्रमा रू ५५ लाखको शल्यक्रिया कक्ष र रू ५५ लाखकै लागतमा आवश्यक उपकरण खरिद गरिएको छ । उक्त रकम भद्रपुर निवासी सत्यनारायण सरियाले उपलब्ध गराउनुभएको हो । 

यसअघि स्व जयनारायण सरियाको स्मृतिमा उहाँका भाइ सत्यनारायण सरियाले नै आँखा उपचार केन्द्रका लागि एक बिघा जग्गा दान दिनुभएको थियो । सोही जग्गामा बनेको आँखा उपचार केन्द्रमा आँखाको परीक्षण गरी हप्तामा एक दिन शल्यक्रिया नै गरिने सचिव रेग्मीले बताउनुभयो ।

केन्द्रमा उपचारका लागि आएका बिरामीको शल्यक्रिया गर्नुपरे त्यसमा लाग्ने खर्चको ५० प्रतिशत रकम दाता सरियाले व्यहोर्ने उहाँले बताउनुभयो ।