८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

नजिकिएका चाडबाड, बढ्दो महामारी र अन्योलग्रस्त सरकार !

नजिकिएका चाडबाड, बढ्दो महामारी र अन्योलग्रस्त सरकार !
अ+ अ-

काठमाडौं । नेपालीहरुका ठूला चाडबाडले छपक्क छोपिसकेका छन् । आजको आठौं दिनमा (कात्तिक १) गते घटस्थापना छ । अघिल्ला वर्षहरुमा बडा दशैँको घटस्थापनाको एक हप्ताअघिको रौनक हेरिनसक्नुको हुन्थ्यो । तर अहिले भने महामारीले नेपालीलाई पनि बाहिरजस्तै तर्साएको छ । गतवर्षको यतिखेरको भिडभाडलाई आजको काठमाडौँसँग तुलना गर्न सकिँदैन । एक हिसाबले हेर्दा अहिले सुनसान छ । तर यो नागरिकको त्रासका कारणले हो । जबजब ठूलो चाडबाडहरु नेपालीको दैलो नजिक आउँदैछन् त्यो भन्दा तिब्र गतिमा कोरोना भित्रिइरहेको छ । कोरोनाले पछिल्लो गन्तव्य काठमाडौँलाई बनाएको छ । हिजो बिहीबारको अवस्था हेर्ने हो भने त काठमाडौँ नयाँ दिल्ली बन्ने लाइनमै उभिएको देखिन्थ्यो । तर आज घटे पनि संक्रमित नभएर होइन, थोरै पिसिआर गरेर हो । 

एकातर्फ देश फेस्टिभ मुडमा प्रवेश गरिसकेको छ भने अर्कातर्फ महामारीको त्रासले भित्रभित्रै तर्साएको छ । त्यसैले मौसम फेस्टिभ मुडमा प्रवेश गरेको भए पनि नागरिकको मन पस्न सकेको छैन । बरु नागरिक सरकारले आज कि भोलि लकडाउन गर्ने हो भनेर पछिल्ला दिनमा तर्सिन थालेका छन् । केही हप्तामात्र अघि स्वास्थ्य मन्त्रालयले देशमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा नियन्त्रण गर्न निकै गाह्रो पर्ने भएकाले लकडाउन गर्नुपर्ने प्रस्ताव सरकारसमक्ष गरेको थियो । संक्रमितको त्यो संख्या हिजै पार भइसकेको छ । त्यसैले कतिपय मिडियाले यो समाचार दिएर अब नागरिक तर्साउन थालिसकेको छन् । सरकारले भनेजस्तै नागरिकको संख्या २५ हजार नाघेपछि अब के लकडाउन हुने हो त भनेर नागरिकले हिजोदेखि निकै मिडिया पछ्याउन थालिसकेका छन् । सरकारको डाटा देशभरि होइन बरु अबका केही दिनमा काठमाडौँमै पुग्ने स्थिति देखिँदैछ । काठमाडौँमै २५ हजार संक्रमितको संख्या नाघ्न अब धेरै दिन पनि लाग्लाजस्तो देखिँदैन । 

यसरी एकातर्फ संक्रमणको संत्रासमा छन् भने अर्कातर्फ सरकारले अब कहिले लकडाउन गर्ने हो भन्ने डरमा छन् जनता । त्यसैले पनि चाडबाड रमाइलो हुने त कुरै भएन । त्यसमा पनि संक्रमितहरु अब त राजधानीमा समुदायबाट पनि साँघुरिएर टोल हुँदै घर घरमै छिर्ने तयारीमा छ । दशैँ तिहार आइसक्दासम्म हरेक घरमा नै संक्रमित भेटिने अवस्था देखिँदै गएकोले यस्तो भएपछि रमाइलो हुने कुरा पनि भएन । त्यसैले पनि नेपाली नागरिक फेस्टिभ मुडको सिजन शुरु भए पनि त्यो मुडमा प्रवेश गर्नै सकेका छैनन् । अनि सरकारको कुनै पनि प्रकारको ढाडस नै जनताले नपाएपछि उनीहरुमा निराशा थपिएको छ । कहिले सिकिस्त भएपछि या बेहोस् हुनै लागेपछि अस्पताल जानु भनेर स्वास्थ्य मन्त्रालयका प्रवक्ताले नै भन्ने त कहिले सरकारले २५ हजार संक्रमित नाघेपछि लकडाउन गर्नुपर्छ भनेर स्वास्थ्य मन्त्रालयले नै तर्साउने काम गरिरहेकाले जनतालाई ढाडस मिल्नु त कता हो कता उनीहरु उल्टै आजित भएका छन् । 

महामारीको बेलामा कमाण्डरको काम गर्नुपर्ने स्वास्थ्य मन्त्री कुन दुलोमा छन् थाहा छैन । उनले जनतासामु अनुहार नदेखाएको पनि धेरै भयो । उनीसँग जनतालाई चित्त बुझाउने कार्यक्रम त छँदैछैन शब्दको पनि खडेरी छ । उनीबाट कुनै पनि नेपाली नागरिकले कुनै राम्रो आश्वासन पनि पाएका छैनन् । बरु उनले अफ्नो आलोचना गर्नेलाई कहिले दिउँसो आँखा नदेख्ने रतन्धो रोग लागेको भन्छन् त कहिले घरमा पाहुना आएकाले बोल्ने फुर्सद छैन  भनेर पत्रकारलाई हप्काउँछन् । जुनसुकै देशमा पनि यस्तो महामारीको बेलाको कमाण्डर स्वास्थ्य मन्त्रालय हाँक्ने मन्त्री नै हुन्छ । तर यहाँ भने उनले यो दायित्वबाट पन्छिएर रक्षामन्त्रीलाई ग्राउण्ड खाली गरिदिएर लापत्ता हुने गरेका छन् । कुनै कामको प्रेसर पर्यो भने उनले आफू क्वारेन्टिानमा बसेको खबर मिडियमा दिन लगाउने गरेको समेत कतिपय सूचनाले प्रमाणित गरेका छन् । 

अब जनताले सरकारलाई खोज्ने हो भने दुई अध्यक्ष बालुवाटारमा बसेको  र मन्त्रिमण्डल पुनर्गठन गर्ने काममा आज पनि कुरा मिलेन र भोलि पनि मिलेन भन्ने मात्र समाचारमा भेटाउँछन् । यो हेर्दा लाग्छ मानौैँ कि सरकारको काम नै मन्त्रिमण्डल पुनर्गठन गर्नु हो र बालुवाटारमा बैठक मात्र गर्नु हो । जनता महामारीले एकोहोरो अत्तालिँदा सरकारसँग बेसार पानी बाहेक केही भेटिन्न । अहिले सरकारले लकडाउन खोलिदिएको छ र सरकार सोच्दोहो कि लकडाउन खोलिदिएकै छ गरेर खाए भैगो नि । सात महिनाको लकडाउनपछि आएको दशैँ सर्वसाधारण नेपालीले कसरी मनाउलान् भन्ने कुनै पिर छैन जनतालाई । अब गाडीवालाले अटाइ नअटाई मान्छे कोचेर ओसार्ने बेला भयो । यस्तो बेलामा महामारीको मार जनतालाई कस्तो पर्ने होला भन्ने चिन्ता सरकारलाई होला जस्तो देखिँदैन । अबका दिनमा घुमिफिरी काठमाडौँ आइपुगेको कोरोना जिवाणु अब फेरि गाउँतर्फ नै फर्किने हो कि भन्ने डर पनि बढाएको छ । तर न यसलाई र नत काठमाडौँमा थुप्रिएको महामारीलाई नै तितरबितर पार्ने प्रभावकारी योजना यो सरकारसँग छ । यसरी सरकार छैन भनौँ भने केन्द्रदेखि प्रदेश हुदै स्थानीय तहसम्म नै छ, छ भनौँ भने बेसार पानी बाहेक केही पनि छैन भन्ने अवस्थामा यो देश पुगेको छ । नेपाली जनता पुगेका छन् ।