८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

चिकित्सक संघको आकस्मिक बैठक बस्दै , दवाबका कार्यक्रम तय गर्ने तयारी

चिकित्सक संघको आकस्मिक बैठक बस्दै , दवाबका कार्यक्रम तय गर्ने तयारी
अ+ अ-

काठमाडौ । चिकित्सा शिक्षा तथा स्वास्थ्थ सेवा सुधारको माग राख्दै बिगत २७ दिन देखी अनसनमा बस्दै आउनु भएका चिकित्सक गोबिन्द केसीको मागमा सरकार उदासिन भएको भन्दै नेपाल चिकित्सक संघ सर्घषको कडा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

संघले कोरोना र आकस्मिक बाहेकका सबै सेवा लाई ठप्प पार्दे सरकारलाई दवाब  दिने तयारी गरिरहेको  एक सदस्यले जानकारी दिनुभयो ।  बिहिबार  साँझ सम्म सरकारी र डा केसी पक्षका वार्ता टोली बिच एकखालको सहमति भएपनि शुक्रबार फेरी वार्ता नै हुन सकेन । डा केसी पक्षले २०७५ साउन १० मा भएको सहमतिलाई  पूर्णरुपमा पालना गर्नु पर्ने र नयाँ सहमति मन्त्रीपरिषद् बाट पारित गर्नुपर्ने अडान राखेपछि सरकारी टोली त्यसमा सहमत हुन नसकेको हो ।

शुक्रबार राती नौ बजे बाट दुबै पक्ष बीच वार्ता भएपनि यीनै बिषयमा सहमति हुन नसकेपछि अन्योलता बढेको हो । यता २७ दिन अनसनमा रहनु भएका डा.केसीको स्वास्थ्थ अबस्था जटिल बन्दै गएको उपचारमा सग्लन चिकित्सकहरुले जानकारी गराएका छन् । अनसनरत डा .केसीको मागमा समर्थन जनाउन र माग पुरा गराउन सरकारलाई दवाब दिन  बिभिन्न समुहले काठमाडौको माईतिघरमण्डलामा प्रर्दशन गरेका छन् ।