२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशः ८० प्रतिशतभन्दा बढी भ्रष्टाचारका उजुरी स्थानीय निकायसँग सम्बन्धित



अ+ अ-

भ्रष्टाचार बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको मधेश प्रदेशले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले सार्वजनिक गरेको विवरणले त्यही कुरालाई पुष्टि गरेको पाइएको छ ।

मधेश प्रदेशमा क्रियाशील यस कार्यालयमा हरेक वर्ष ठूलो संख्यामा सरकारी निकायबाट प्रवाहित सेवा, विकास निर्माण र अन्य अनियमिततासँग सम्बन्धित उजूरीहरुको चाङ लाग्ने गरेको छ ।

अझ, दर्ता भएका उजुरी मध्ये ८० प्रतिशतभन्दा बढी उजुरी त स्थानीय तहसँग सम्बन्धित रहेका छन् ।

बर्दिबास कार्यालयले मधेश प्रदेशको विभिन्न जिल्लाबाट बिगत दुई आर्थिक वर्षमा परेका उजुरी मध्ये छ हजार ४७२ उजुरी फछ्र्यौट गरेको जनाएको छ ।

सो कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० तथा विगत आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशका आठ जिल्लाबाट कूल आठ हजार ५२९ उजुरी दर्ता भएको थियो । जसमध्ये सबैभन्दा बढी धनुषा जिल्लाबाट उजुरी परेका छन् ।

उक्त दुई आर्थिक वर्षमा धनुषा जिल्लाबाट एक हजार ४२२ उजुरी परेकामा एक हजार ५६ उजुरी फर्छयोैट भएको थियो ।

दुई वर्षमा बारा जिल्लावाट एक हजार दुई सय सात उजुरीमध्ये ८८७, सप्तरी जिल्लाबाट एक हजार १७० उजुरी मध्ये ९७१, रौतहट जिल्लावाट एक हजार ३५ उजुरी मध्ये ७३४, महोत्तरी जिल्लाबाट एक हजार २२ उजुरी मध्ये ८३४ उजुरी फर्छयौट भएको जानकारी दिइएको छ ।

त्यस्तै पर्सा जिल्लावाट ९५६ उजुरी मध्ये ६९१, सिरहा जिल्लाबाट ८८१ उजुरी मध्ये ६८७ तथा सर्लाही जिल्लावाट ८३६ उजुरी मध्ये ६४२ उजुरी फर्छयौट भएको कार्यालयको तथ्याकमा उल्लेख छ ।

 




भर्खरै