२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली पुस तेस्रो साता भारत भ्रमणमा जाने तयारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस तेस्रो सातासम्म भारत भ्रमणमा जाने तयारी गर्नुभएको छ । चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले अर्को छिमेकी मुलुक भारत जान लाग्नुभएको हो । प्रधानमन्त्री ओलीको भ्रमणका लागि दुवै देशका प्रतिनिधिमण्डलबीच तयारी सुरु भइसकेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणको चाँजोपाँचो मिलाउन युरोप भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा त्यहिँबाट नयाँ दिल्ली जाने तयारीमा हुनुहुन्छ । उहाँले पुस ३ गते दिल्ली पुग्ने कार्यक्रम छ । पुस ५ गते दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स तय भएको छ । सो कन्फरेन्समा सहभागी हुने राणाले दिल्लीमै विदेशमन्त्री एस.जयशंकरलगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले दाबी गरेको छ ।

त्यस क्रममा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा आवश्यक छलफल गर्ने बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पुस तेस्रो वा अन्तिम सातामा भारत भ्रमण हुने गरी तयारी थालिएको छ ।

परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समेत समन्वय गरी आन्तरिक तयारी गरिरहेको स्रोतको भनाइ छ । ओलीको भारत भ्रमणको आन्तरिक गृहकार्य चल्दै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव त्यही कारण अहिले दिल्ली जानुभएको छ ।