१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनबाट आयो खुशीको खबर ! शुरुभयो प्लाजा संकलन अभियान



अ+ अ-

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोभिड–१९ सङ्क्रमित बिरामीको लागि आवश्यक पर्ने प्लाज्मा सङ्कलन अभियान शुरु गरेको छ । यहाँ बढी भएको प्लाज्मा देशैभर पठाएर सङ्क्रमित उपचार गर्न सहयोग पुगोस् भन्नका लागि अभियान शुरुआत गरिएको हो । 

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार हालसम्म ३८ युनिट प्लाज्मा सङ्कलन भइसकेको छ । गत सोमबार मात्र नेपाली काँग्रेस कोभिड–१९ अनुगमन समिति कावासोतीले एकैदिन ३३ युनिट प्लाज्मा सङ्कलन गरी केन्द्र पठाएको थियो । यसअघि पाँच जनाले केन्द्रमा नै आएर प्लाज्मा दान गरेका थिए । 

चेम्बर अफ कमर्शको ७०औँ स्थापना दिवसको अवसरमा जिल्लाका तीन ठाउँमा प्लाज्मा सङ्कलन गर्दैछ । चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठका अनुसार यही असोज २७ गते सशस्त्र प्रहरी बल नम्बर–३ गढीमाई बाहिनी वाग्मती प्रदेश भण्डारा, असोज २८ गते रत्ननगरको स्मार्ट फुड्स प्रालि र असोज २९ गते वडा प्रहरी कार्यालय नारायणगढमा प्लाज्मा सङ्कलन गरिँदैछ । यी तीनै ठाउँमा अत्यधिक सङ्क्रमण देखिएको थियो । 

केन्द्रका प्रमुख पौडेलका अनुसार काठमाडौँ, बुटवल, भक्तपुरलगायतका ठाउँबाट प्लाज्मा माग भइरहेको छ । 
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसबाट गम्भीर अवस्थाका सङ्क्रमितको उपचार गर्न सहयोग पुग्छ । 

रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने उनको भनाइ छ ।