१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना भाइरस सक्रमण भएको जानकारी गराउनु भएको छ ।  

मन्त्री भट्टराईले लेख्नु भएको छ – गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भर्खरै जानकारी पाएको छु।

हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन । केही दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधा प्रति क्षमाप्रार्थी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?, भट्टराइले खेल्नु भएकाे छ ।