८ श्रावण २०८३, शुक्रबार
,
Latest
रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दा छन्ः वनमन्त्री ठकुरी



अ+ अ-

ललितपुर : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दो रहेको बताउनुभएको छ ।

बुधवार ललितपुरमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका डरलाग्दा चुनौतिहरु रहेपनि सम्बोधन गर्न नसकिने किसिमका नरहेको उल्लेख गर्नुभएको हो । उहाँले पर्वतीय इकोसिस्टमको संरक्षण गर्नका लागि पर्वतीय समुदायको क्षमता विकास र आवश्यकता पहिलो प्राथमिकता भएको बताउनु भयो । उहाँले हिमाली क्षेत्रको जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीविकोपार्जनमा टेवा दिन तथा उनीहरुको जलवायु उत्थानशील भविष्यको लागि एकतावद्ध भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले जथाभावी गरिएका भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव—वन्यजन्तु द्वन्द्वले हिमालहरु जलवायु जोखिमको चपेटामा परेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनले बाढी, पहिरोजन्य घटनाहरुमा वृद्धि भएको र अर्थतन्त्र धरापमा परेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दो भएपनि सम्बोधन गर्न नसकिने खालका छैनन् । आज हामी यहाँ यिनै चुनौतिहरुको समाधानका लागि उपस्थित भएका छौँ । पर्वतीय इकोसिस्टमको संरक्षण गर्नका लागि पर्वतीय समुदायको क्षमता विकास र आवश्यकता पहिलो प्राथमिकता भएको तथ्यलाई हामी कसैले पनि भुल्नु हुँदैन । हिमाली क्षेत्रको जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीविकोपार्जनमा टेवा दिन तथा उनीहरुको जलवायु उत्थानशील भविष्यको लागि एकतावद्ध भएर काम गर्ने पवित्र गार्महरु निर्माण गर्न यहाँ उपस्थित सबैलाई आह्वान गर्दछु ।’

पर्वतीय संरक्षणको कार्य एक्लो प्रयासले सम्भव नरहेकाले सबै मिलेर पर्वतहरुको संरक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले जलवायु उत्थानशील भविष्य हासिल गर्न सरकार, अन्तर्राष्ट्रिय संस्थाm स्थानीय समुदाय, अनुसन्धानकर्ता, नागरिक समाज र निजी क्षेत्रले हात मिलाएर काम गर्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल