१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी पहिलो जितको खोजीमा, पराजित भए प्लेअपबाटै बाहिरिने



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा एक दिनको विश्रामपछि आज लिग चरणका खेलहरु पुन: सुरु हुनेछ । आज लिगमा दुई खेल हुनेछन् । जसमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।

राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी अझै पहिलो जितको खोजीमा छ । लगातार चार खेल हारेको लुम्बिनी ८ टोलीमा एक्लो जितविहिन टोली हो । लुम्बिनीसँग खेल्दा चितवन राइनोज लगातार जितको लक्ष्यमा छ । चितवनले पछिल्लो खेलमा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रा ३ खेलमा ब्रेक लगाउँदै तेस्रो जित हात पारेको थियो ।

युवा अलराउण्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनले चार मध्ये ३ खेल जितेर ६ अंकसहित तेस्रो स्थानमा छ । लगातार चार खेल हारेको लुम्बिनी अंकविहिन हुँदै पूछारमा छ । आज चितवनसँग पराजित भए लुम्बिनी प्लेअफको होडबाट बाहिरिनेछ ।

चितवन र लुम्बिनीबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुनेछ ।

यसैगरी कर्णाली याक्स र पोखरा एभेन्जर्सबीचको दोस्रो खेल दिउँसो १ बजे टीयू मैदानमै सुरु हुनेछ । कर्णाली र पोखरा दुवै लगातार जित निकाल्ने लक्ष्यमा छन् । दुवै टोलीले आफ्नो पछिल्लो खेल जितेको थियो । सुरुवाती दुई खेलमा लगातार पराजित भएको कर्णाली त्यसपछि लगातार दुई खेल जितेको थियो । कर्णालीले पछिल्लो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

उता पोखराले लगातार दुई खेलमा हारपछि तेस्रो खेलमा आएर पहिलो जित हात पारेको थियो । एक जित हातपारेको पोखरा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।