५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध



अ+ अ-

एजेन्सी ।दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ ।

दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो ।

संसदीय सुनुवाइमा एक सांसदले मङ्गलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको प्रश्नमा न्याय मन्त्रालयका अध्यागमन सेवा आयुक्त बे साङ–अपले भन्नुभयो, “हो, यो सही हो ।”

“उत्तर कोरियाली कम्युनिस्ट शक्तिले निम्त्याएको खतराबाट जोगाउन र जनताको स्वतन्त्रता र सुखलाई लुट्ने राज्यविरोधी तत्वलाई समाप्त पार्न नागरिक शासन निलम्बन गरिएको हो,” युनले घोषणाका क्रममा भन्नुभएको थियो । उहाँको घोषणा कोरियाली जनताको विरोधका सामु लामो समय टिकेन र ‘मार्शल ल’ लागु भएको घोषणा भएको केही घण्टा पछि उहाँले आफ्नो निर्णय फिर्ता लिनुभएको थियो ।

राष्ट्रपतिको घोषणासँगै सेनाप्रमुख जनरल पार्क आन–सुको आदेशमा राजनीतिक गतिविधि र पार्टी, ‘गलत प्रचार’, हडताल र ’सामाजिक अशान्ति भड्काउने जमघट’ माथि प्रतिबन्ध लगाइएको थियो ।

घोषणाको जिम्मेवारी लिँदै रक्षामन्त्री किम योन ह्युनले पदबाट राजिनामा दिनुभएको थियो भने उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । घटनामा दोषी रहेको आरोपमा तीन जना सैनिक जनरललाई पनि निलम्बनपछि अनुसन्धान थालिएको छ ।