८ श्रावण २०८३, शुक्रबार
,
Latest
सेवाग्राहीसँग २१ हजार घुस लिँदै काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा धर्म उप्रेतीः विपद् व्यवस्थापनमा पूर्वतयारी र पुनर्निर्माणलाई तिब्रता दिने प्रतिवद्धता अर्थ मन्त्रालयको छलफलमा उद्योगमन्त्री गौरीकुमारी यादव: बजेटका ८ सुधार कार्यक्रम कार्यान्वयनमा सक्रिय बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँ: अर्थमन्त्री वाग्ले कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री डा. तिमिल्सिना वैदेशिक रोजगारीमा जाँदा श्रमिकले चर्को ऋण लिनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवहारिक नीति लागु गरिने: मन्त्री… झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो



अ+ अ-

कञ्चनपुर । हिमालय पर्वतमालामा पाइने दुलर्भ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो ।

नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एशोसिएसनका सुवन चौधरी र महानन्द जोशीको टोलीले सो चरा फेलापारेका हुन् । हिमाली क्षेत्रमा हिउँ पर्ने क्रमसँगै चिसो बढेपछि यो चरा तराई क्षेत्रमा आउने गर्दछ । “तराई क्षेत्रमा आउने भए पनि विरलै देखापर्ने गरेको छ”, चराविज्ञ डगौराले भन्नुभयो, “कञ्चनपुरमा भने पहिलोपटक देखापरेको छ, यो चरा यस क्षेत्रका लागि दुलर्भ नै हो ।” अहिलेसम्मको तथ्याङ्कमा यो चरा नदेखिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार यो चरा बङ्गलादेश, भुटान, म्यानमार, नेपाल, पाकिस्तान, रुस र थाइल्याण्डमा पाइन्छ । गर्मीका बेला हिमाली क्षेत्रमा र जाडोमा तराई क्षेत्रमा बसाइ सर्ने गर्दछ । जाडोमा यो चरा नेपालदेखि भारतको आसामसम्म बसाइ सरेर पुग्ने गर्छ । यसले गर्मीका बेला प्रजनन गर्ने गर्दछ । घना रुख र झाडीमा गुँड लगाएर अण्डा पारेर बच्चा कोर्लने गर्दछ ।

कृष्णवक्ष रातोकण्ठ चराको भालेको सेतो निधार, स्टलेटी खैरो हुन्छ भने पखेटा खैरो रङको र पुच्छर सेतो टुप्पोमा कालो रङको हुन्छ । घाँटी र छातीको छेउ कालो हुन्छ भने घाँटीको बीचमा रातो रङको हुन्छ ।

पोथी निलो खैरो रङको हुन्छ । घाँटी सेतो हुन्छ । “यस चराका जोडी प्रजननको समयमा एक्लै वा जोडीमा देखिने गर्दछन्”, चराविज्ञ डगौराले भन्नुभयो, यसले स–साना कीरा र कमिलालाई आहाराका रूपमा खाने र बचेरालाई खुवाउने गर्दछन् ।” तराई क्षेत्रमा चिसो बढ्न थालेपछि यो चरा पुन: पुरानै बासस्थानमा फर्कने गर्दछ । यो चरा विशेषगरी समुद्री सतह दुई हजार पाँच सयदेखि दुई हजार सात सय मिटरको उचाइसम्म देखिने गरेको छ ।

सिमसार क्षेत्र संरक्षणमा स्थानीय बासिन्दाको चासो बढ्दै जानु र चराको सिकार गर्ने क्रममा कमी आएपछि दुर्लभ प्रजातिका चरा देखिन थालेको चराविज्ञ डगौराको भनाइ छ । रासस




भर्खरै