६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टक ब्रोकर एसोसिएसनको नयाँ कार्यसमितिमा ढकाल समूहको उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौँ: स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि सागर ढकाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा अध्यक्षमा ढकाल, उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरी तथा सदस्यहरूमा जयन्त श्रीवास्तव, अतित लाल श्रेष्ठ, हरिप्रसाद वाग्लेले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

कार्यक्रममा ढकालले विभिन्न २३ बुँदे प्रतिबद्धता पनि सार्वजनिक गर्नुभएको छ । उहाँले पुँजी बजारमा अत्यावश्यक वित्तीय औजार तथा कारोबार औजारहरू मार्जिन ट्रेडिङ, इन्ट्रा डे तथा सर्ट सेलिङ एवम् इक्विटी डेरिभेटिभ आदिको विकासका लागि पहल गर्ने, लगानी व्यवस्थापन सेवा, लागि एड्भाइजरी सेवा, मार्जिन लेन्डिङ सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न पाउने सेवा प्राप्तिका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

साथै धितोपत्र दलाल व्यवसायी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज समक्ष बैंक ग्यारेन्टी राखी सोको २५ प्रतिशत गुणासम्म कारोबार सीमा प्राप्त गरिरहेकामा त्यस्तो सीमालाई ५० गुणासम्म बनाउन पहल गर्ने, रू २० करोड पुँजी भएका धितोपत्र ब्रोकर्सले मार्जिन लेन्डिङ तथा लगानी व्यवस्थापन सेवा प्रदान गर्ने सम्बन्धी नियमावलीमा आवश्यक संशोधनका लागि पहल गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो । रासस