९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

बाइडेनद्वारा अमेरिकी राष्ट्रपतिको कार्यकालको अन्तिममा छोरा हन्टरलाई माफी

बाइडेनद्वारा अमेरिकी राष्ट्रपतिको कार्यकालको अन्तिममा छोरा हन्टरलाई माफी
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिनुभएको छ ।

“हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसङ्गत व्यक्ति अन्य कुनै निष्कर्षमा पुग्न सक्दैन, हन्टरलाई मेरो छोरा भएको कारण मात्र दोषी ठहराइयो र यो गलत हो,” राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा भन्नुभएको छ ।

विशेष गरी यस्तो समयमा जब भावी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई र न्याय विभागमा वफादारहरू नियुक्त गर्ने क्रम अघि बढिरहेका बेला चालिएको यो कदमले अमेरिकी न्यायिक प्रणालीको स्वतन्त्रतामाथि नयाँ अनुसन्धान अघि बढाउने निश्चित छ ।

‘बाइडेन जुनियर’लाई यसै वर्षको सुरुमा बन्दुक किन्दा लागूऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो र उहाँले कर छलीको छुट्टै मुद्दामा पनि आफ्नो दोष स्वीकार गर्नुभएको छ तर उहाँले सजाय भोग्नुभएको छैन ।

जनवरी २० मा ट्रम्पले कार्यभार सम्हाल्नुअघि आफ्नो कार्यकालको अन्तिम हप्तामा रहेका जो बाइडेनले पटक–पटक आफ्नो छोरालाई माफी नदिने बताउँदै आउनुभएको थियो ।

“मैले न्याय विभागको निर्णय प्रक्रियामा हस्तक्षेप नगर्ने भनेको थिएँ र मैले मेरो छोरालाई अन्यायपूर्ण तरिकाले मुद्दा चलाएको देखेपनि आफ्नो वचन कायम राखेको छु,” राष्ट्रपति बाइडेनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उहाँले भन्नुभएको छ, “काङ्ग्रेस ९संसद्०मा मेरा धेरै राजनीतिक प्रतिद्वन्द्वीहरूले उनीहरूलाई ममाथि आक्रमण गर्न र मेरो चुनावको विरोध गर्न उक्साएपछि मात्र उहाँको मुद्दामा आरोप लगाइएको हो।”

“म न्याय प्रणालीमा विश्वास गर्छु, तर जसरी मैले यससँग कुस्ती खेलेको छु, मलाई यो पनि विश्वास छ कि कच्चा राजनीतिले यो प्रक्रियालाई सङ्क्रमित गरेको छ र यसले न्यायको तुषारापात गराएको छ।

सर्वोच्च अदालतले राष्ट्रपति पदीय उन्मुक्तिसम्बन्धी व्यापक फैसला सुनाएपछि नवनिर्वाचित राष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दाहरू रोकिएका बेला यो माफी आएको हो ।

गत मे महिनामा बाइडेनलाई गलत व्यापारिक रेकर्ड बनाएको अभियोगमा ऐतिहासिक दोषी ठहर गरिए पनि राष्ट्रपति बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीले हन्टर बाइडेनलाई जेल बस्नुपर्ने बाध्यता भने थिएन ।

अमेरिकी राष्ट्रपतिहरूले यसअघि पनि परिवारका सदस्य र अन्य राजनीतिक सहयोगीहरूलाई सहयोग गर्न क्षमादानको प्रयोग गर्दै आएका थिए।

बिल क्लिन्टनले आफ्नो सौतेनी भाइलाई पुरानो कोकिनको आरोपको लागि माफी दिनुभएको थियो र ट्रम्पले कर छलीको लागि आफ्ना सम्धी ९ज्वाईँका पिता०लाई माफी दिनुभएको थियो । यद्यपि दुबै अवस्थामा ती व्यक्तिहरूले पहिले नै आफ्नो जेल सजाय भुक्तान गरिसकेका थिए ।

ट्रम्पले सन् २०२० को चुनावमा आफ्नो पराजयलाई उल्टाउन जनवरी ६, २०२१ मा अमेरिकी संसद भवनमा भएको भीषण दङ्गामा आक्रमण गर्ने समर्थकलाई माफी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले आइतबार अबेर सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यस्तो दुव्र्यवहार र न्यायमाथिको तुषारापात१ के जो ९जो बाइडेन०ले हन्टरलाई दिएको क्षमादानमा जे–६ बन्धकहरू पनि सामेल छन्, जो अहिले वर्षौंदेखि जेलमा छन्रु”

हन्टर बाइडनलाई गत सेप्टेम्बरमा कर छलीको अभियोगमा १७ वर्षको जेल सजायको घोषणा गरिएको थियो । अवैध बन्दुक राखेको छुट्टै अभियोगमा उहाँलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो ।

बाइडेनका वकिलले हन्टर राष्ट्रपतिका छोरा भएकै कारण अदालतमा उपस्थित गराइएको बताउनुभएको छ । हन्टरले पूराना करहरू भुक्तान गर्नुभएको छ र अधिकारीहरूले लगाएको जरिवाना पनि । यसपहिले हन्टर बाइडेनलाई जेलमा जान नपर्ने गरी एउटा सम्झौता गराइएको थियो तर त्यो सम्झौता अन्तिम समयमा रद्द भएको थियो ।

उहाँको मुद्दा लामो समयदेखि बाइडेन परिवारको पक्षमा काँडाको रूपमा रहेको छ । विशेष गरी, यो चुनावी वर्षको दौडानमा रिपब्लिकनहरूले हन्टरलाई धेरै नरम व्यवहार देखाइएको आरोप लगाएका थिए ।