२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिका अध्यक्ष विष्टमाथि कुटपिट, कांग्रेसको ध्यानाकर्षण



सांकेतिक तस्बिर
अ+ अ-

बैतडी, (नेस) । नेपाली कांग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टमाथि भएको आक्रमणप्रति नेपाली कांग्रेस बैतडीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेसले आज विज्ञप्ति जारी गर्दै कुनै विषयवस्तुको निर्णय लिनुपर्दा वैधानिक र कानुनी बाटो हुँदाहुँदै अमानवीय घटना हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ ।ज्यान जान सक्ने हिसाबले घटाइएको सो घटनाको वास्तविक छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि कांग्रेसले सरकालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता खालका घटनाहरुलाई निरुत्साहित हुने गरेर दोषी पत्ता लगाई कानुनी कारबाही गर्नसमेत आग्रह गरिएको छ ।यसैबीच गाउँपालिकाको केन्द्रका विषयमा विवादपछि भएको झडपमा परी घाइते भएका बैतडीको सुर्नया गाउ“पालिकाका अध्यक्ष वीरबहादुर विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

अध्यक्ष विष्टलाई बिहीबार बिहान थप उपचारका लागि धनगढी पठाइएको बैतडीका प्रहरी प्रमुुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

विष्टको टाउकोमा चोट रहेको छ। जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा अध्यक्ष विष्टलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । बुधबार गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट भएको थियो ।

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयहरुले केही दिनअघि तालाबन्दी गरेका थिए । केन्द्रका विषयमा बुधबार दिनभरि छलफल हुँदासमेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको थियो ।

यस्तै झडपमा परेर ५ जना प्रहरी पनि घाइते भएका छन् संघर्षरत पक्षका ६ जना घाइते भएका छन् भने अध्यक्ष विष्टसँग रहेका अन्य तीनजना घाइते भएका छन् । यस्तै गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि आक्रमण तथा कुटपिट गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

प्रहरी निरीक्षक नेतृत्वमा प्रहरी टोली तथा सशस्त्र प्रहरी खटाएर उनीहरुको खोजी कार्य भइरहेको हो । घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र उनीहरुलाई नियन्त्रणमा लिएर कानुुनी कारबाही गरिने प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । नेपाल समाचारपत्र दैनिक