२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जना कामदारको मृत्यु



अ+ अ-

काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल निर्माणको क्रममा माटोको ढिस्कोले पुरिएर चार जना कामदारको मृत्यु भएको छ ।

आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियार रहेका छन् ।

पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा पाँच जना पुरिएका थिए । पुरिएका भनिएका अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । माटोको ढिस्को खस्दै गर्दा दुई जना भने भाग्न सफल भएका थिए ।

मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि एलबी एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले जिम्मा लिएको थियो ।