काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाले ज्यान गुमाएका छन् ।
आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाममा पर्खाल भत्किएर पुरिँदा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको हो ।