५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

चीन जानुअघि प्रधानमन्त्रीलाई बुद्धिजीवीले के दिए सुझाव ?

चीन जानुअघि प्रधानमन्त्रीलाई बुद्धिजीवीले के दिए सुझाव ?
फाइल फाेटाे
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीन भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीलाई सुझाव दिने क्रम जारी छ ।

बुद्धिजीवीहरुको संस्था राष्ट्रिय जागरण परिषद्ले प्रधानमन्त्री ओलीलाई चीनसँगको सम्बन्ध बलियो बनाउन सुझाव दिएको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई राष्ट्र हितलाई प्राथमिकतामा राखेर सम्झौताहरु गर्न सुझाव दिइएको परिषद्का संयोजक साध्यबहादुर भण्डारीले जानकारी दिनुभयो ।

परिषद्ले प्रधानमन्त्री ओलीलाई २०७२ सालमा दिइएको सुझावको समेत स्मरण गराएको छ ।

परिषद्ले प्रधानमन्त्रीलाई चीन जानुअघि दिएको सुझाव–

२०७९ देखि ४ वटा गठबन्धन सरकार भैसक्यो भने फेरि अर्को “बाम“ गठबन्धन नेतृत्वको सरकार बन्न पनि त सक्ने सम्भावना छँदैछ । अथवा अर्को निर्बाचनमा यदि राष्ट्रिय हितमा सम्झौता गरेर प्रधानमन्त्री फर्कनु भयो र त्यही कारणले सरकार गिर्यो भने अर्को चुनाबमा फेरि प्रचण्ड बहुमत आउनसने सम्भावना पनि त छ । दिल्लीमा पहिला केजरिवालाको सरकार गिर्दा झन प्रचण्ड बहुमत आय झैं । प्रधानमन्त्री हातखुट्टा बाधियर चीन भ्रमण जानुको अर्थ छैन । अरुले गर्दैन भन्ने त इतिहासले प्रमाणित गरिसक्यो ।

अब खुल्ला दिमाग लियर राष्ट्रियहितमा काम गर्ने गरि प्रधानमन्त्री चीन जानुपर्छ । प्रचण्डहरुले चौतर्फी घेरा हाल्दा हाल्दै पनि चीन भ्रमणको निर्णय गरेर सहासी काम गर्नु भयको त छ नै । अब समृद्धिको लागि चिनियाहरुले यदि नेपालसङ्ग खुल्ला दिलले सम्झौता गर्न चाहान्छन भने प्रधानमन्त्रीले हिम्मतका साथ अनुदान लिन र आबश्यकता अनुसार मुलुकको लागि सहुलियत ऋणसमेत लिन चुक्नु हुदैन । गठबन्धन भत्के केपीको ओलिकै नेतृत्वमा अर्को “बाम“ गठबन्धन बन्ने सम्भावना त छदैछ नि ! कांग्रेस त्यो हदको दुष्टमा जान्छ भने पनि मुलुकको हितमा काम गर्न प्रधानमन्त्री किन चुक्ने ?

मुलुकको हित पहिलो सर्त बनाउनु पर्छ प्रधानमन्त्रीले । एक युगमा एकदिन मात्र आउँछ । चुकेपछी पछुताउने मात्र हो । अब यस भ्रमणमा टुङ्याउनुपर्ने बीआरआई परियोजना, निर्माण र समृद्धिको योजना हो युद्ध र ध्वंशको योजना होइन । निर्माण– समृद्धिसँग हामी जोडिनै पर्छ । त्यस्मा पूर्णप्रतिबद्धता सहित अघि बढ्नुपर्छ ।

– चीनसँग भयका आजसम्मका सबै र आबश्यक सम्झौताहरु पुर्ण कार्यान्वयनमा लानुपर्छ ।

– पुर्वदेखि चुरेकोघाँचबाट ९३८ किमिमा मेची–महाकाली बहुआयामिक नहरप्रणाली बिकास गर्न सकिन्छ र पानीजहाज तथा सिचाइप्रणाली लगायत दर्जनौ लाभ लिन सकिने यो एउटै परियोजनाले लाखौ युबालाइ रोजगारी र ३०औ लाख हेक्टर जमिन सिचाइको बिकाशले गर्दा करोडौ टन अन्न उत्पादनले मुलुकमा कायापलट हुनसक्छ । २०७८ को हिसाबमा चानचुन ५ खर्बमा यो ९३८ किमिको नहरपूरा गर्न सजिन्छ भने १६ खर्बको माटो गिटी ढुङ्गाबालुवा त्यो बहुउद्देश्यीय पूर्व–पश्चिम नहर प्रणाली खनेर उत्पादन भयर बेच्न सकिन्छ । यसमा मुख्री र विशेष ध्यान प्रधानमन्त्रीको जानू पर्दछ । मुलुकलाइ कायापलट गर्ने योजना हो यो ।

– बिगतमा गरिएको रेल्वे सम्झौताको जगमा टेकेर उपत्यकाबाट काभे–रामेछाप, सिन्धुपाल्चोक– दोलखा, मकवानपुर–सिन्धुली,धादिङ्ग–चितवन, गोर्खा– पोखरा, नुवाकोट– रसुवासम्म भुमिगत र खुल्ला मेट्रो रेल चलाउन सकिन्छ । चाइनिज प्रबिधि भनेको खोलामा पुल र पहाडमा प्याल (सुरुङ्ग) हो। त्यस्को प्रबल सम्भावना छ । मात्र पहलको आबश्यकता छ ।

– बङ्गलादेशको घटनाबाट पाठ सिकेर,पुर्बान्चलमा भयको राजनैतिक तरलता र प्रचण्डबाट हुनसक्ने घातक (मुभ) लाई समेत ध्यान दिई नेपालको सार्बभौमिकतालाई सधै अक्षुण्ण राखी राख्न तत्काल चीन–नेपालबिच निम्न सडकमा सम्झौता गर्नु पर्छ। तिब्बत जोड्ने ओलाङ्गचुङ्गोला,किमाथांका, नाङ्गपाला,लामाबगर,तातोपानी, केरुङ्ग,सामागाउ–लार्के कोरला,लाग्नाङ्याङ्गचे, ठूलो च्याकट– सानूच्याकट, हिल्सा– यारी,उराइ– साइपाल, टिङ्ग्कर लगायत उत्तरीनाका खोलि आधुनिक सडक निर्माणकालागि सम्झौता गरिनु पर्छ ।

– कम्तिमा चितवनको दासढुङ्गादेखि माडी अयोध्यापुरी(रामजन्मभुमि)सम्म र जनकपुर–लुम्बिनी(बुध्दजन्मभुमी) सम्म स्काइ तथा मोनोरेल नारायणीको दुबै किनार हुँदै निर्माण गर्न सकेको खण्डमा धार्मिक पर्यटन फस्टाउने निश्चित छ। देवघाटलाई पुण्यभुमिमा बिकाश गरि ब्यासभुमी(दमौली) र श्रेङ्गा ऋषिको क्षेत्र रेसुङ्गासम्म बिस्तार गर्न सकिन्छ ।

– हाल सुचारु भैरहेको ’बृहत चितवन उपत्यका बिकाश सरोकार समाज’ले अधि बढाइ रहेको वैकल्पिक मेघाशहर ५०४ किमिको जस्मा, १ (एक) करोड जनसंख्यालाई बसोबास गराउन सकिने ३१ नंयाँ शहर निर्माण गरि बसोबास सुनिस्चित गर्न चितवनको लोथर–घोशरघाटबाट नवलपुर– बुलिङ्गटार,बन्दिपुर लम्जुङ भोटेओडार, गोर्खापालुङ्गटार गोर्खाबजार आरुघाट धादिङबजार हुदै मलेखु लोथरसम्मको ३० मिटर चौडा फिडर रोड ५.४ किमि बाटो सुस्त तर बन्दै गरेको बाटोको लागि पहल गरिनु पर्छ ।

– कम्तिमा पहाडमा ३ र तराईमा २ गरि १५ हजार घरधुरि अट्ने चाइना टाउन को अबधारणालाइ निष्कर्षमा पुर्याउनु ज्यादै लाभदायक छ । नेपाली उत्पादनले चिनियाँ बजार लिन सक्छ ।

– चीनसँग ट्रान्समिसन सम्झौता गरि विद्युत आदानप्रदानको सम्झौता गर्नुपर्छ । ६४ वटामध्य पहाडीक्षेत्रका खोलानालामा मझौला विद्युत परियोजना सन्चालन गर्ने र मझौला जलासय निर्माण गरि षितष्लन प्रणाली योजनामार्फत पहाडका टुप्पोमा ठुलाठुला पोखरी निर्माणगरि थोपा सिचाइ परियोजना सन्चालन गरि पहाडी र हिमालमा सिचाइ गरि जनताको जिवनस्तर उठाउने र तिब्बती बजारमा नेपाली मालबस्तुको सहज पहुच हुन सके पहाडी–हिमाली जनता जिवनस्तर उठाउन सकिने हुन्छ। जोगिमारा शक्तिखोर सुरुङनिर्माण गरि त्रिसुलिको नदि डाइभर्सन गरि पानी शक्तिखोरमा झारी शक्तिखोरमा बिद्धुत निर्माण गरि औद्योगिक क्षेत्रबनाउने र चितवनलाइ सिचाइ गर्ने।

– चीनसँग श्रम सम्झौतागरि आबश्यक जनशक्ति नेपालमै तयार पार्ने र खाडी तथा मलेशिया जाने श्रम शक्ति चिनमा पठाउने।

– सरुवा रोग रोकथामको लागि प्रदेशमा स्वस्थसेवा बिस्तारगरि आयुर्वेद तथा होमियोप्याथी सेवा संयोजन गरि बिस्तार गर्ने ।

– कम्तिमा पर्यटकिय क्षेत्रमा त अत्यन्तै जरुरी छ ।

– चिनियाँ प्रबिधि र उद्ध्योगमा नजिक सम्बन्ध बिकाश गर्न प्रा– औद्योगिक बिश्वबिद्यालय स्थापना गर्न सम्झौता गर्ने।

– रामेछाप, तनहुँ, पाल्पा, रोल्पा, धादिङ, नवलपरासी, काभ्रे, दोलखा, मकवानपुरमा युरेनियम,अभ्रख, फलाम, चुनढुङ्ग, खरिढुङ्ग, तामा, पेट्रोल तथा सुनखानिसम्मका र सिमेन्टजन्य बस्तुको प्रचुर सम्भावना छ । कन्तिमा धोबादी र छापगाउ र रामेछापको फलाम खानी र दैलेखमा पेट्रोल निकाल्न सम्झौता गर्नु पर्छ ।

– यीवाहेक पारबहन, कनेक्टिभिटी, ट्रान्समिसन, इन्धनबारे भयका सम्झौता लागू गर्न र नया नया कारखाना खोल्ने विषयमा पनि थप ध्यान दिनु पर्छ ।

– चिन्ता देश बनाउनेले गर्ने हो, प्रचण्ड सेरबहादुरहरुले यस्तो कुरा सोच्न त के सपना पनि देख्न सकदैनन । यी काममा अधि बढ्न सौलियतपुर्ण ब्याजदरमा ऋण वा सम्भब भयसम्म अनुदान पनि लिनुपर्छ । तर अनुदान बाहेक अरु हुन्न भनेर बाधिनु हुँदैन ।

– यातायात क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्छ । सडक मार्ग मुख्यत मेची, कोशी बगमती, त्रिसुलि, कालिगण्डकी,कर्णाली महाकाली करिडोर र तिब्बतको सिमानासम्म उत्तर दक्षिण नदि किनारबाट मनोरेल वा स्काइरेलले जोड्ने, ट्रान्स–हिमालयन करिडोर जो नेपाल चीन दुबैको चासोको बिषय पनि हो यस्मा ध्यान जानू उपयुक्त हुन्छ । रज्जुमार्गबाट पहाडमा प्रसस्त लाभ लिन सकिन्छ। हवाइयातायात मा निजगढ एअरपोर्ट निर्माण गरी अन्तर्राष्ट्रिय एअरपोर्ट संयोजित गर्न सकेमा पनि ५०/६० लाख पर्यटकलाइ परिचालन गर्न सकिन्छ ।

– चिनियाँ र हामी एउटै ३हिमवतखण्डका दाजु–भाइ र सन्तान पनि हौ । चिनिया सम्पन्न हुने र हामी दरिद्र अबस्थामा किन रहनुपर्ने । एउटै हिमबत खण्डका बासिन्दा र हाम्रो प्रगति– उन्नति सङ्गै चिनियाँ समाजबादको भबिस्य पनि गासियको छ।हामी समृद्ध भय मात्र चिनियाँ समाजवाद फस्टाउने सुरक्षित रहन्छ । त्यही कुरालाई मनन गरि सम्भब भयसम्म अनुदान बाँकी परियोजना सहुलियतपूर्ण ऋण लियर पनि मुलुकको भबिष बनाउने कुरामा प्रधानमन्त्री चुक्नु हुँदैन ।

– अनुभवले के सिद्ध गर्यो भने प्रचण्ड–शेरबहादुरहरु सत्तामा फेरि १० पटक फनको मारे पनि राष्ट्रघात बाहेक मुलुकको बिकासमा छेस्कोको जति पनि योगदान गर्न सक्दैनन भन्ने अनुभबजन्य बिगत हाम्रो सामु छ । आउँछ मौका पर्खदैन । प्रधानमन्त्री राष्ट्रियहितमा चुक्नु हुँदैन। कुनै दलको परिधिभित्र घुम्न हुँदैन विशेष ध्यानाकर्षण गर्दछु ।