५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा को-को ? (सूचीसहित)

प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा को-को ? (सूचीसहित)
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको चीन भ्रमणमा जाने प्रतिनिधिमण्डल ८७ सदस्यीय हुने भएको छ । भ्रमण टोलीमा सरकारीतर्फ ३९ जना र निजी ४८ गरी ८७ सदस्यीय सदस्य सहभागी रहनेछन् ।

प्रधानमन्त्रीको भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ । हिजो बसेको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।

सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुननरसिंह केसी, श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृतबहादुर राई (परराष्ट्र कामु सचिव) रहेका छन् ।

यसैगरी लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित अन्य सरकारी अधिकारीहरू कृष्णप्रसाद ढकाल, विष्णुप्रसाद गौतम, मणिरत्न शर्मा, उदय पोखरेल, कमल रावल, ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, जयश्री शाक्य र अनिता सिंह रहनेछन् ।

यस्तै परराष्ट्र मन्त्रालय अन्तरगतका ७ जना भने यसअघि नै चीन गइसकेका छन् । यसबाहेक ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीसँग चीन भ्रमणमा जाने टुंगो मन्त्रिपरिषद् बैठकले लगाएको हो ।

प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङबसँग मंसिर १८ गते भेटवार्ता गर्नेछन् । भ्रमण सकेर प्रधानमन्त्रीसहितको टोली २० गते स्वदेश फर्कने छ ।