८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल

चितुवाको गतिमा अर्थतन्त्रको सुधार हुनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल
अ अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक क्षेत्रमा आमुल परिर्वतन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै कछुवाको गतिमा हुने सुधारले गर्न सम्भव नभएको बताउनु भयो ।

उहाँले नेपालको पहिलो पटक भएको कन्ट्री रेटिङ रिपोर्टमा डबल बी माइनस रेटिङ पाउनु मुलुकको लागि सुखद् पक्ष भएको बताउनु भयो । उहाँले दक्षिण एशियामा भारतपछि नेपाल लगानीको क्षेत्र आकर्षक भएको देखिएको बताउनु भयो । उहाँले अब सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याएमात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्ने बताउनु भयो । उहाँले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिन स्वागतयोग्य भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशिलता प्रवद्र्धनका साथै ग्रामिण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भुमिका खेलेको छ । यो क्षेत्रमा नेपालमा करिव ७५ हजार मानिसहरुले रोजगारी पाएका छन् । कुल आद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत छ जसले राष्ट्रिय उत्पादनमा योगदान पु¥याउँदै आएको छ । कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्छ । साप्टा आदी सुविधाका कारण कच्चा पदार्थमा तयार वस्तुभन्दा बढी भन्सार तिर्नुपरेको छ । नेपालको कन्ट्री रेटिङ पहिलो पटक भएको छ । डब्बल बी माइनस रेटिङ पाउनु मुलुकको लागि धेरै सुखद् पक्ष हो । दक्षिण एशियामा भारतपछि लगानीको क्षेत्र आकर्षक भएको देखिएको छ । यसलाई सरकारले नीतिगत सुधार गरी कार्यान्वयन ल्याए मात्रै कन्ट्री रेटिङको फाइदा दिनसक्छौं । उच्चस्तरीय आर्थिक सुधार आयोग गठन भएर निजी क्षेत्रको पनि समावेश गरिएको छ । आर्थिक क्षेत्रमा आमुल परिर्वतन गर्नुपर्ने अहिलेको आवश्यकता छ । त्यो काममा सरकार अग्रसर हुन आवश्यक छ । अर्थतन्त्रमा देखिएको सुधार कछुवाको गतिमा नभई चितुवाको गतिमा हुनुपर्छ ।’

उहाँले नेपालको अर्थतन्त्रमा प्लाष्ट्रिकजन्य उद्योगहरुले उद्यमशिलता प्रवद्र्धनका साथै ग्रामिण र शहरी क्षेत्रमा आर्थिक गतिविधिका क्षेत्रमा भुमिका खेलेको बताउनु भयो । उहाँले यो क्षेत्रमा नेपालमा करिव ७५ हजार मानिसहरुले रोजगारी पाएको बताउनु भयो । उहाँले कुल आद्योगिक उत्पादनमा प्लाष्ट्रिकजन्य उद्योगको हिस्सा ५ प्रतिशत रहेको बताउनु भयो । उहाँले कच्चा पदार्थ आयातमा भन्सारदर घटाउनुपर्नेमा जोड दिनुभयो ।