३० असार २०८३, मंगलवार
,
Latest
बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा–२’ को सुटिङ पूरा



अ+ अ-

एजेन्सी । अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर ५ मा रिलिज हुँदैछ । रिलिज मिति घोषणा भएपछि पनि फिल्मको छायांकन पूरा हुन सकेको थिएन । तर अब अल्लु अर्जुनले एक पोस्ट शेयर गर्दै सुटिङ पूरा भएको घोषणा गरेका छन् ।

अल्लु अर्जुनले सेटमा लिइएको अन्तिम शटको तस्विर सेयर गर्दै उनले लेखेका छन् ‘अन्तिम दिन र पुष्पाको अन्तिम शट । पुष्पाको ५ वर्षको यात्रा पूरा भएको छ । कस्तो अचम्मको यात्रा थियो ।’

अल्लु अर्जुनले सन् २०१९ मा पुष्पाः द राइजको सुटिङ सुरु गरेका थिए, त्यसपछि दुवै भाग बनाउन करिब ५ वर्ष लाग्यो । फिल्म सुरुदेखि नै दुई भागमा बन्ने तयारी थियो । निर्देशक सुकुमारले ‘पुष्पाः द राइज’ रिलिज हुनुअघि नै दुई भागमा बनाउने घोषणा गरेका थिए । उनी पहिलो भाग २०२१ र दोस्रो भाग २०२२ मा रिलिज गर्न चाहन्थे, तर त्यो हुन सकेन ।

अब २ वर्षको लामो प्रतिक्षापछि यो फिल्म डिसेम्बर ५ मा रिलिज हुँदैछ । सुरुमा यो फिल्म १५ अगस्टमा रिलिज हुने तय भएको थियो । रिपोर्टमा विश्वास गर्ने हो भने अल्लु अर्जुन र निर्देशक सुकुमारबीचको मतभेदका कारण सुटिङ रोकिनुपरेको थियो । छायांकन पूरा हुन नसकेपछि चलचित्र स्थगित भएको हो ।

५०० करोडको मेगा बजेटमा बनेको फिल्मका निर्माताले क्लाइम्याक्स र फिल्मसँग सम्बन्धित कुनै पनि स्पोइलर सुटिङ युनिटबाट लीक नहोस् भनेर क्लाइम्याक्सलाई छुट्टै छायांकन गरेका छन् । साथै, सेटमा फोन प्रयोग नगर्ने नीति पनि राखिएको थियो । सबै क्लाइमेक्स शटहरू मध्ये, सेटमा कसैलाई थाहा छैन निर्माताहरूले कुनलाई फाइनल गर्नेछन् ।