८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवारलाई खबरै नगरी क्यानडाबाट नेपाल आएका थिए माझी दम्पती



अ+ अ-

काठमाडौँ । सिनामंगलस्थित होटेल जन्मभूमिमा आईतबार मृतावस्थामा भेटिएका रमेश माझी र शर्मिला माझीको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम पछि परिवारले शव बुझेका हुन् ।

सुनसरीको दुहबी घर भएका माझी दम्पती मंसिर ८ गते बिहान कतार एयरलाइन्सको उडानमार्फत क्यानडाबाट काठमाडौँ आएका थिए । क्यानडाबाट उनीहरू नेपाल आएको बारे परिवार बेखबर रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । प्रहरीसँग परिवारका सदस्यहरूले भनेका छन्, ‘उनीहरू नेपाल आउनेबारे थाहै थिएन ।’

सुनसरीबाट काठमाडौँ आएर मृतकका परिवारले घटनाबारे अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा जाहेरी दिएका छन् ।

उनीहरु काठमाडौँ आएपछि विमानस्थलबाट सिधै होटेलमा गएर बसेको पाईएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । क्यानडाबाट परिवारलाई खबर नै नगरी आएका दम्पतीले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भईरहेको उनले बताए ।

माझी दम्पती होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । शव परीक्षणको रिपोर्ट आएपछि अनुसन्धानमा केहि सहयोग मिल्ने एसपी अधिकारीले बताए ।