१० भाद्र २०८३, बुधबार
,
Latest
जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरुमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सकहरुमाथि हुने कुनैपनि प्रकारको दुव्र्यवहार सैह्य नहुने चेतावनी दिनुभएको छ ।

द सोसाईटी अफ सर्जनस नेपाल र साउथ एशियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरुमाथि दुव्र्यवहारका घटना भएको दृष्टान्त पेश गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिनुभयो । उहाँले चिकित्सकहरुलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह गर्नुभयो ।

चिकित्सकहरुमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘कहिलेकहीँ स्वास्थ्य क्षेत्रमा पनि अभद्र व्यवहारहरु भइराखेका छन् । गत वर्ष पनि हाम्रो मणिपाल कलेजमा डाक्टरहरुमाथि गरिएको जुन दुव्र्यवहार थियो । त्यसलाई हामीले निक्र्यौलमा पु¥याउन सक्यौ । त्यो खुशीको कुरा पनि हो । मेडिकल एशोसिएशनले त्यसमा विशेष पहल पनि गरेको थियो । चिकित्सकको त के कुरा भगवानले पनि सबैलाई बचाउन सक्दैनन् ।

भगवानले बचाउने भए बिहानदेखि बेलुकासम्म भगवानका भक्तहरुले मर्नुपर्ने थिएन होला नि । यस्ता किसिमका अभद्र व्यवहारहरु जुन भइरहेका छन् । त्यसलाई हाम्रो सरकारले कुनैपनि हालतमा सहँदैन । र सबै डाक्टरहरुलाई आफ्नो पेशामा इमान्दारितापूर्वक र निर्भिकतापूर्वक अगाडि बढ्न पनि म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु । र यहाँहरुको त्यो समस्याका लागि गण्डकी प्रदेश सरकार यहाँहरुको साथमा रहनेछ भन्नेकुरा म यहाँहरुको बीचमा विश्वास व्यक्त गर्न चाहन्छु ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पु¥याउनका लागि सक्दो पहल गरिरहेको पनि बताउनु भयो ।